मामा घर गएकी १३ वर्षीया बालिकाले गरिन् आत्महत्या


मामा घरमा गएकी एक १३ वर्षीया बालिकाले आत्महत्या गरेकी छन् । कैलालीको मसुरियामा घर भएकी १३ बर्षिया सपना बिकले बर्दगोरिया गाउपालिका ४ छतिवनामा मामा घरमा बुधबार झुन्डिएर आत्महत्या गरेकी हुन । बालिका सानै देखी मामा घरमा बस्दै आएको प्रहरीले जनाएको छ । बुधबार मृतक बालिकाको मामा र माईजु पनि घरमा नभएको बेला उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । मृत सपनाको बुबा बिगत लामो समय देखी सम्पर्कमा नआएको आफ्न्तले जानकारी दिएका छन । उनि स्थानीय श्री मा बि कोटातुल्सिपुर बिधालयमा कक्षा ४ मा पढदै आएकी थिईन ।


Related posts

Leave a Comment