निर्मला प्रकरण नयाँ मोडमाः पक्राउ परेका रावलले स्विकारे अपराध


लामो समय देखि रहस्यमय रहेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणले नयाँ मोड लिएको छ । निर्मलाका छिमेकी प्रदीप रावललाई प्रहरीले पक्राउ गरेपछि घटनाले नयाँ रुप लिएको हो । रावलले प्रहरीसँगको बयानमा आफु हत्यामा संलग्न रहेको साविती बयान दिएका छन्। केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीसँगको बयानमा हत्या स्वीकार गरेका हुन्। गएराति नेपाल प्रहरीका महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ। सीआईबीले रावलसँग गएराति १० बजेदेखि बिहान २ बजेसम्म बयान लिएको थियो। घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। यसको रिपोर्ट भने शुक्रबार मात्र आउने छ ।
रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको छ। उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। निर्मलाका छिमेकी रावलका बुबाआमा भारतमा बस्दै आएका छन्। निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो। रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ ।


Related posts

Leave a Comment