संवाददाताको प्रेस अनुमती पत्र फिर्ता लिएको भन्दै सीएनएनद्वारा ट्रम्पविरुद्द मुद्दा दायर


अमेरिकी टेलिभिजन प्रशारक सीएनएनले ह्वाइट हाउसले आफ्ना वरिष्ठ पत्रकार जिम एकोस्टाको मान्यता रद्द गरेकोमा ट्रम्प प्रशासन बिरुद्ध मुद्धा दायर गरेको छ । जिम एकोस्टा ह्वाइट हाउसमा सीएनएनको प्रमुख संवाददाता थिए । गत साता अमेरिकी राष्ट्रपतिसँग भएको बहसपछि उनको प्रेस अनुमती पत्र फिर्ता लिइएको थियो । सीएनएनले यो एकोस्टाको संवैधानिक अधिकारको उल्लंघन भएको आरोप लगाएको छ । यो मुद्धा मंगलबार वासिङटनमा दायर गरिएको थियो । यसमा राष्ट्रपति ट्रम्प र उनका अर्का सहयोगीलाई प्रतिवादी बनाइएको छ । यी अधिकारीमा चिफ अफ स्टाफ जोन केली तथा ह्वाइट हाउसका प्रेस सचिव सारा स्यान्डर्स रहेका छन् ।
सारा स्यान्डर्सले एकोस्टाको पास रद्द गर्नुका कारण उनको अस्वीकार्य आचरण भएको बताएको बीबीसीले जनाएको छ । यद्यपि यस किसिमको घटना पहिलो भने होइन । उनले भनेकि छन्,“यदी कोही रिपोर्टर यो किसिमबाट व्यवहार गर्छ भने ह्वाइट हाउसले व्यवस्थित र निष्पक्ष प्रेस कन्फिरेन्स गर्न सक्दैन । यो व्यवसायिक मर्यादाका लागि सही होइन ।”
उनले ट्वीट गर्दै एकोस्टमाथि आफ्नो काम गरिरहेकी एक महिला जबर्जस्ती हातले रोकेको आरोप पनि लगाएकि छन् ।


Related posts

Leave a Comment