६.९ रेक्टरको भूकम्पको धक्का


फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार, शनिबार बिहान ११ः३९ बजे भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ ।अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले दक्षिणी फिलिपिन्सको पोन्डागुइटननजिकै केन्द्रबिन्दु भएर ६।९ को भूकम्प गएको बताएको छ । भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा महसुस भएको बताइए पनि मानवीय तथा भौतिक क्षतिबारेको विवरण आइनसकेको सीएनएनले जनाएको छ ।


Related posts

Leave a Comment