घुर्मीपुलबाट सुनसहित छ जना पक्राउ


आलोक यादव, सिरहा ।
सशस्त्र प्रहरीको टोलीले आज बिहान करीब दुई बजे सिरहाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहा नम्बर ७ गणबाट खटिएको टोलीले काठमाडौंतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिप चेकजाँच गर्दा सुन भेटाएको हो । उनीहरुमध्ये लाहान नगरपालिका १९ बस्ने ३२ वर्षिय गाडी चालक मोहमद रियाज राईमको साथबाट ४ थान वाला र ३ वटा काँचो सुन, २८ वर्षिय मोहमद अमिरुलको साथबाट एउटा वाला र ४५ वर्षिय कैयुम राईमको साथबाट एउटा वाला फेला परेपछि उनीहरुलार्इ पक्राउ गरेको हो ।

त्यसबेला उनीहरुसँगै सो गाडीमा सवार ४२ वर्षिय मोहमद हकिम, २४ वर्षिय मोहमद रहमान र सप्तरी जिल्लाको खड्क नगरपालिका ३ बस्ने १८ वर्षिय मोहमद अफ्रोजलाई समेत प्रहरी टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक अजय छतकुलीले जानकारी दिए । सशस्त्र प्रहरीको टोलीले उनीहरुको साथबाट नगद ३४ हजार ५ सय रुपैयाँ र ६ थान मोबाइल सेट समेत बरामद गरेको उपरिक्षक छतकुलीले जानकारी दिएका छन् ।


Related posts

Leave a Comment