ए डिभिजन लिग: थ्रीस्टार र पुलिस विजयी


शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले न्यूरोड टिमलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा थ्रीस्टारले एनआरटीलाई २—० ले पराजित गरेको हो । थ्रीस्टारका लागि रञ्जित धिमालले ७५ मिनेटमा गोल गरेका थिए ।

दोस्रो गोल इञ्जुरी समयमा मार्टिन्सले गरे ।

यस्तै यता हलचोकमा भएको खेलमा च्यासल युथ क्लब नेपाल पुलिससँग दुई–शून्यले पराजित भयो ।

पुलिसले खेलको ४० औं मिनेटमा रवि पासवानको गोलमार्फत अग्रता बनायो । यो लिगमा बलिया खेलाडी अनुबन्ध गरेको च्यासलविरुद्ध पुलिसले ८९ औँ मिनेटमा दोस्रो गोल गर्यो ।

उसका लागि भरत साहले गोल गर्न सफल भए ।


Related posts

Leave a Comment