ए डिभिजन लिग: हिमालयन शेर्पा विजयी


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २—० ले पराजित गर्यो ।

हिमालयन शर्पाको जितका लागि खेलको २१ औं मिनेटमा आशिष गुरुङ र ८९ औं मिनेटमा कर्ण लिम्बूले गोल गरे । हिमालयनले चार खेलबाट १० अंक जोडेको छ। र, लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ।


Related posts

Leave a Comment