ए डिभिजनको अन्तिम खेलमा च्यासल र जावलाखेलको बराबरी


सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा च्यासलले जावलाखेलसँग एक एकको बराबरीमा चित्त बुझाएको छ । हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा शनिबार भएको खेलमा जावलाखेलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको १० औ मिनेटमा अर्जु सिंहले हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३२ औं मिनेटमा च्यासलले पेनाल्टी मार्फत गोलगर्दै बराबरी गर्न सफल भयो । च्यासलका सन्नी ब्यञ्जनकारलाई डिबक्समा लडाएपछि छिरीङ गुरुङले गोल गर्न सफल भए । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र एक एकको बराबरीमा खेल सकियो । यो बराबरीले च्यासलको १६ अंक भएको छ भने जावलाखेलको १३ अंक छ ।


Related posts

Leave a Comment