‘ए’ डिभिजन लिग: संकटा विरुद्ध आर्मीको शानदार जित


शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सोमबारको पहिलो खेलमा त्रिभुवन आर्मीले संकटा क्लवलाई पराजित गरेको छ ।

आर्मी विरुद्ध संकटाले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

खेलको नौ मिनेटमा संकटाले विदेशी खेलाडी इलोन म्याक्सवेलको गोल मार्फत अग्रता बनाएको थियो । तर १७ औं मिनेटमा आर्मीले खेल बराबरी गर्यो । उसका टेक बहादुर बुढाथोकीले गोल गर्न सफल भए । ३० औं मिनेटमा आर्मीका लागि भरत खवासले गोल गरे ।

खेलको ६३ औं मिनेटमा सन्तोष तामाङले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै आर्मीलाई तीन एकको अवस्थामा पुर्याए । त्यसपछि ६६ औं मिनेटमा आर्मीले चौथो गोल थप्यो । यसपटक फेरी टेकबहादुर बुढाथोकीले गोल गरे ।

त्यसपछि ७७ औं मिनेटमा दिनेश हेम्जनले संकटाको डिफेन्सको गल्तिको फाइदा उठाउदै टिमका लागि पाँचौ गोल गरे । संकटा दोस्रो हाफको सुरुवातमा नै पेनाल्टीको अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन ।

जितसँगै आर्मीले चार खेलबाट १० अंक बनाउदै शिर्ष स्थानमा उक्लिएको छ ।


Related posts

Leave a Comment