शहीद स्मारक ए डिभिजन लिगः पुलिसलार्इ हराउँदै संकटा दोस्रो स्थानमा उक्लियो


शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब संकटासँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार सम्पन्न खेलमा संकटाले पुलिसलाई २(१ गोलअन्तरले स्तब्ध पारेको हो । संकटाको जितमा सरोज दाहाल र दिनेश आलेमगरले गोल गरे । यता, पुलिसका लागि रविशंकर पासवानले गोल गरे । खेलको २९ औं मिनेटमा सरोजले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा दिनेशले गोल गर्दै संकटालाई दोब्बर अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि अर्थात खेलको ३९ औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई २(१ गोलको स्थितिमा पुर्‍याउँदै खेलमा फर्किने संकेत देखाएका थिए ।

पहिलो हाफमा २-१ गोलको अग्रता दोस्रो हाफमा पनि कायमै राख्दै संकटाले जित हात पारेको हो । पुलिसले एकपछि अर्को आक्रमक खेल खेलेपनि फिनिसिङमा चुक्दा हार ब्यहोरेको हो ।

जितसँगै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको छ । ६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा हार ब्यहोरेको संकटाले १५ अंक बनाउँदै लिगको दोस्रो स्थानमा रहेको हो । समान १५ अंक रहेको लिग लिडर मनाङ मस्र्याङ्दी क्लब गोलअन्तरमा अघि रहंदै शीर्ष स्थानमा छ । पराजित पुलिस भने लिगको पाँचौ स्थानमा छ । पुलिसको ६ खेलबाट १० अंक रहेको छ ।


Related posts

Leave a Comment