एफए कपको तेस्रो चरणबाटै बाहिरियो लिभरपुल


इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुल एफ.ए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ ।

एफए कप अन्तर्गत सोमबार राती भएको खेलमा लिभरपुल प्रिमियर लिगकै अर्को टोली वल्भ्ससँग २–१ गोलले पराजित भयो । लिभरपुलको यो लगातार दोस्रो हार हो । प्रिमियर लिगमा लिभरपुलको अपराजित यात्रालाई चारदिन अघि मात्रा म्यानचेस्टर सिटीले पूर्णविराम लगाईदिएको थियो । लिभरपुलले वल्भ्सविरुद्ध युवा खेलाडीहरुलाई मौका दिएका थियो । नियमित नौ जना खेलाडीलाई आराम दिएको लिभरपुलले बल्भ्सलाई अन्नतः नजिता सुम्पन बाध्य बन्यो ।

खेलमा वुल्भरह्याम्पटनलाई विजयी गराउन राउल जिमिनेज र रुबेन नेभेसले एक–एक गोल गरे । लिभरपुलका डिभोक ओरीगीले एक गोल फर्काए । जितसँगै वुल्भरह्याम्पटनले एफ.ए कपको चौथो चरणमा स्थान सुरक्षित गरेको छ ।


Related posts

Leave a Comment