आजको विनिमयःअमेरिकी डलर स्थिर, कुन देशको कति ?


निरन्तर उकालो लागेको अमेरिकी डलर केही दिन देखि स्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले आइतवारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी १ डलरको बिक्रिदर १ सय १५ रुपैयाँ २६ पैसा छ। यो शुक्रबारको तुलनामा २५ पैसा सस्तो हो। अमेरिकी १ डलरको खरिददर १ सय १४ रुपैयाँ ६६ पैसा कायम रहेको छ।

यसैगरी युरोपियन युरो १ को खरिददर १ सय ३४ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १ सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ। १ अष्ट्रेलियन डलरको खदिरदर ८२ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर ८२ रुपैयाँ ९० पैसा कायम भएको छ। जापानिज यन १० को खरिददर १० रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३० पैसा कायम भएको छ।

साउदी अरबियन रियाल १ को खरिददर ३० रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा कायम भएको छ। कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा कायम भएको छ। संयुक्त अरब इमिरेट्स (युएई दिहम) १ को खरिददर ३१ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट १ को खरिददर २७ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ८५ पैसा कायम भएको छ। दक्षिण कोरियन वान १ सयको खरिददर १० रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३१ पैसा कायम भएको छ।

छिमेकी भारतसँग भने विनियमदर स्थिर रहेको छ।

केन्द्रीय बैंकले तोकेको विनिमयदर नीजि बैंक तथा वित्तिय संस्थाले केही रकम थप गरेर कारोबार गर्न सक्ने छन्।


Related posts

Leave a Comment