अझै ठडिन सकेन दशरथ रङ्गशाला (भिडियो सहित )


विमल खड्का । नवराज श्रेष्ठ टिभी अन्नपूर्ण काठमाडौं 
सरकारी स्वामित्वमा रहेको दशरथ रङ्गशाला पुर्न निमार्णको काम बनाउने भन्दा भत्काउनेमा बढी केन्द्रित छ । २०७२ वैशाख १२ को भूकम्पले रङ्गशालामा क्षति पुरयाएपनि छिटो काम नभई अहिले सम्म सुस्त तरिकाले अगाडी बढेको छ । भूकम्प गएको तिन वर्ष बितिसक्दा पनि अहिले सम्म त्यसको निमार्णको काम सकिएको छैनन् । पुर्न निमाणको काम नसकिँदा पछिल्लो समय लोकप्रिय बन्दै गएको फुटबलका खेल घरेलु लिग समेत हुन सकेको छैन । भूकम्पका कारण खेल्न नमिल्ने भएपछि सरकारले २०७२ भदौ १० गते रङ्गशाला स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।
तिन वर्षअघि एन्फा र खेलकुद मन्त्रालयबिच च्यासलमा कम्तीमा १२ हजार दर्शक क्षमताको रङ्गशाला १८ महिनाभित्र बनाउने सम्झौता भएको थियो । तर त्यसको काम भने ३ वर्ष बितिसक्दा सम्म प्रभावकारी रूपमा बढेको छैन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिस्टका रङ्गशाला निमार्ण गर्ने बेला विभिन्न चुनौती आएकाले ढिला भएको बताए । उनले भने अब जे भए पनि ६ महिना पछि निमार्ण सम्पन्न हुने आंश्वासन दिएका छन् ।


नेपालमा प्रयाप्त जनशक्ति नभएकाले रङ्गशालाको निमार्णमा काममा ठिला स्वीकारेका छन् । बिस्टका अनुसार रङ्गशालाको स्तरउन्नती महत्त्वपूर्ण खेलको उद्घघाटन हुने गरी अबको ६ महिनामा सुविधा सम्पन्न रङ्गशाला बन्ने उनले बताए ।
रंगशालाई आकर्षक लागतमा अनुमानित २ अर्ब लाग्ने भएकाले यसको लागतमा चिन सरकारले पनि १ अर्बले सहयोग गरेको बताएका छन् । अब बन्ने रङ्गशाला पहिले भन्दा सुन्दरपुरानो मोडलमा आधारित नयाँ संरचना बन्ने बताएका छन् ।

भिडियो हेर्नुहोस


Related posts

Leave a Comment