चलचित्र ‘आरोप’को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)


आगमी माघ ११ गते नेपाल भर रिलिज हुन लागेको नेपाली कथानक चलचित्र आरोपको ट्रेलर रिलिज भएको छ । दिलाशा क्रियशनको ब्यानरमा बनेको चलचित्रमा राजु राउत र दयाराम गहतराजको प्रस्तुति दिनेश पाठक र विजय सापकोटा निर्माता अनि अमर ओलिको निर्देशन रहेको छ ।
एस के अधिकारीको गीत, गणेश चौधरी र एस के अधिकारीको संगीतमा राजेश पायल राई, प्रह्लाद तिमिल्सिना, नित्याशिवा र मनिषा पोख्रेलले आवाज दिएका छन् ।
कमल राईको नृत्य, छायांकन बिरेन्द्र भट्ट, द्वन्द सानू कुमार मर्हजन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको आरोपमा संचिता लुइँटेल, किशोर खतिवडा, उद्वव गिरी,  ऋचा थापा, सुशील पोख्रेल, प्रेम खड्का, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।

 


Related posts

Leave a Comment