अब देखि दुधको मुल्य हिउँदको समयमा सात रुपैँया कमी


उत्पादित दूध खपत हुन नसकी खेर जाने स्थिति ‘मिल्क होलिडे’लाई दीर्घकालीन सोचका साथ समाधान गर्न हिउँद र वर्षामा दूधको फरक मूल्य निर्धारण गर्ने गृहकार्य अघि बढाइएको छ । हिउँदमा दूध बढी उत्पादन हुने तर उपभोग घट्ने भएका कारण डेरी उद्योगले खरिद गर्न नसकी पछिल्ला वर्षहरूमा मिल्क होलिडे देखापार्न थालेको छ ।

किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा सडकमा पोखेर दुखोसो गर्ने प्रवृत्ति बढेपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिउँदमा कम र वर्षामा बढी मूल्य कायम हुने गरी दूधको मूल्य समायोजन गर्ने नयाँ विधिको थालनी गर्न लागेको हो । मन्त्रालयले यसम्बन्धी अध्ययन गर्न गठन गरेको कार्यदलले सुझाबसमेत दिइसकेको प्रवक्ता तेजप्रसाद सुवेदीले जानकारी दिए । ‘किसानले उत्पादन गरेको दूध खेर जाने स्थितिबाट रोक्न अध्ययन भएको थियो, त्यसको रिपोर्ट पनि आएको छ,’ सुवेदीले भने ।

मन्त्रालयमातहतको राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमा दूध उत्पादन बढी हुने सिजन ९कात्तिकदेखि फागुनसम्म०मा कच्चा दूधको मूल्य प्रतिलिटर ५ देखि ७ रुपैयाँ कम निर्धारण गर्नुपर्ने सुझाब दिइएको छ । ‘यो वेला दूध उत्पादन बढी हुने भएकाले मूल्य सस्तो गर्दा उद्योगीले बढी दूध किसानबाट खरिद गर्छन्,’ उनले भने, ‘बजार मागभन्दा बढी उत्पादन भएको कच्चा दूधलाई पाउडर बनाएर राख्न सकिन्छ । सस्तोमा दूध पाए पाउडर बनाएर राख्न उद्योगी पनि सहमत भएका छन् ।’


Related posts

Leave a Comment