बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३, पुरानो कावासोतीमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७९२८ नम्बरको बसले बाटो क्रस गर्न लागेको ना ४९ प २२०७ मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक रौतहट गोमरियाका ३५ वर्षीय डमेन्द्र यादवको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारको क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्तापूर्वले नियन्त्रणमा लिएको छ ।


Related posts

Leave a Comment