अफगानिस्तानमा आत्मघाती आक्रमणमा परी ६८ को ज्यान गयो


अफगानिस्तानमा मङ्गलबार भीषण आत्मघाती आक्रमण भएको छ । नानगाहार प्रान्तको पूर्वीक्षेत्रमा भएको त्यस विस्फोटमा परी ६८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १६५ जना घाइते भएका छन् ।यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ । इस्लामिक स्टेटले हालै गरिएका सबैजसो बम हमलाको जिम्मेवारी लिइआएको छ ।अफगानिस्तानमा सन् २००१ मा तालिबानहरु शासन सत्ताबाट बाहिरिएपछि त्यहाँ हुने गरेका प्रायः हिंसा हत्यामा तालिबान आतङ्ककारी समूहको हात रहँदै आएको छ । तर सन् २०१४ पछि इस्लामिक स्टेस (आईएस) आतङ्ककारी समूहको पनि बिगबिगी बढ्न थाल्यो र आईएस समूहले पनि बारम्बार यस्ता भीषण आक्रमण गर्दै आएका छन् ।अफगानिस्तानमा सन् २००७ देखि २०१८ सम्म भएका केही भीषण आतङ्ककारी आक्रमण यसप्रकार रहेका छन् ।


Related posts

Leave a Comment