अफगानिस्तानमा भएको विष्फोटमा तीन अमेरिकी सैनिक मारिए


अफगानिस्तानको गाजनी शहर नजिकै भएको विस्फोटमा परेर कम्तिमा तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । घटनामा अन्य तीनजना सैनिक घाइते भएको उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)ले जनाएको छ ।मध्य अफगानिस्तानमा सुरक्षाकर्मीलाई लक्षित गरी तालिवान विद्रोहीले बिछ्याएको धरापमा परी उनीहरूको मृत्यु भएको अफगानिस्तानको प्रहरीले जनाएको छ । यो घटनामा मारिएका तीन अमेरिकी सैनिकसँगै सन् २०१८ मा अफगानिस्तानमा मारिने सैनिकको संख्या १३ पुगेको नेटोले जनाएको छ ।मारिने सैनिकको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन । अफगानिस्तानमा सन् २०१५ देखि तालिवानी विद्रोहीसँगको भिडन्तमा २८ हजारभन्दा बढी अफगानी सुरक्षाकर्मीको मृत्यु भइसकेको छ । ९एजेन्सी०


Related posts

Leave a Comment