अफगानिस्तानको एक सुनखानीमा कार्यरत ३० जनाको मृत्यु


अफगानिस्तानको उत्तरपूर्वी भागमा एउटा सुनखानी भासिँदा कम्तीमा ३० जना मारिएको अधिकारीहरूले बताएकमा छन् ।

दुर्घटना बदक्शान प्रान्तको कोहिस्तान जिल्लामा भएको हो ।
गाउँलेहरूले नदीको छेउमा सुनको खोजीमा ६० मिटरको खाल्डो खनेका थिए र त्यो भासिँदा त्यसैमा पुरिए ।

अफगानिस्तानमा पर्याप्त खनिज स्रोत छन् तर धेरै खानीहरू पुराना र नराम्ररी व्यवस्थापन गरिएका छन् जसले गर्दा सुरक्षाको चिन्ता आउने गर्छन् ।
दुर्घटनामा अन्य सातजना घाइते भएको अधिकारीले बताएका छन् ।

प्रान्तीय गभर्नरका प्रवक्ता निक मोहम्मद नाजरीले बताए, ‘गाउँलेहरू यो धन्धामा दशकौंदेखि संलग्न छन् र उनीहरूमाथि सरकारको नियन्त्रण छैन ।’

‘हामीहरूले उद्धारटोलीलाई उक्त क्षेत्रमा खटाएका छौं तर गाउँलेहरूले दुर्घटनास्थलबाट लाश हटाउन थालिसकेका छन् ।’


Related posts

Leave a Comment