अहिलेका बचत सहकारी उहिलेका ‘मुखिया’


सहकारी संस्थाले उत्पादनमा लगानी आर्कषण गर्न नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ती संस्थाका बचतकर्ताले चर्को ब्याजमा ऋण लिन बाध्य भएकाले अहिलेका बचत तथा ऋण सहकारी संस्था उहिलेका ‘मुखिया’ जस्तो भएको यहाँ आयोजित एक कार्यक्रममा सहभागीहरूले आरोप लगाएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्था सामाजिक नभई नाफामुखी हँदै गएको बताउनुभयो । उहाँले गरीबीको अन्त्य सहकारीबाट सम्भव भए पनि अहिलेका सहकारी संस्था नाफामुखी भएको उल्लेख गर्नुभयो ।राष्ट्रिय सहकारी विकास बैंकको १५ औँ साधारणसभामा धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता हरेराम बस्नेतले सहकारीले सदस्यको हित गर्नुपर्नेमा चर्को ब्याजमा लगानी गरी बचतकर्ताको अहित गरेको आरोप लगाउनुभो ।

 


Related posts

Leave a Comment