एयरबस प्रकरणमा गहिराइसम्म पुगेर छानबीन गर्छुः प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबीन गर्ने निष्कर्षमा पुगेका छन् ।बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबीन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।मन्त्रिपरिषद्का सदस्यलाई कारबाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्रीज्यूले चासो नलिने त प्रश्नै भएन । त्यसैले सरकारले अब वाइडबडी प्रकरणको रौँ–चिरा केलाएर छानबिन गर्छ । कहाँबाट सुरु भयो जिन ९वंशानुगत० पत्ता लगाएर सम्पूर्ण कुरा बाहिर आउने गरी छानबीन हुन्छ ।’ तर बाईडबडी प्रकरणमा संसदीय उपसमितिले निकालेको प्रतिवेदन समितिमै पेश नभई बाहिरीएकोमा भने असन्तुष्टि जनाएका छन् ।


Related posts

Leave a Comment