जोरविजोर मात्रै होइन उडान तालिका समेत हेरफेर


शुक्रबारदेखि काठमाडौँमा हुने एशिया प्रशान्त शिखर सम्मेलनको सवारी व्यवस्थापनका लागि भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान तालिका प्रभावित भएको छ ।  सम्मेलनमा भागलिन बिहीबारदेखि नै बिभिन्न राष्ट्रका प्रमुखहरु काठमाडौं आउने क्रम सुरु भएसंगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका राष्ट्रिय र अन्तराष्ट्रिय उडान प्रभावित भएको हो । बिशिष्ट पाहुना काठमाडौ आउनु १५ मिनेट अघिबाट बिमानस्थलका नियमित उडान बन्द गरिएका थिए भने उनीहरुले बिमानस्थल ओर्लिएको अर्को १५ मिनेटसम्म नियमित उडान बन्द गरिएको थियो ।

यसअघि पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय भिभिआइपीको फ्लाइट हुँदा विमानस्थलले उडानअघि र पछि गरेर आधा घण्टाको लागि आन्तरिक र अन्तराष्ट्रिय उडान अवतरण रोक्दै आएको थियो । सम्मेलनमा विशिष्ठ व्यक्तिको प्रतिनिधित्व रहने भएकाले उड्डयन व्यवस्थापनका लागि गृह मन्त्रालयको निर्देशन अनुसार व्यवस्थापन गरिएको बिमानस्थल स्रोतले जनाएको छ । यस अघि सवारी साधनलाई पनि जोर विजोर प्रणाली अनुसार मात्रे चल्न दिइएको छ । त्यसको सर्वसाधारणले सास्त िखेप्नु परेको छ भने ब्यापक जनविरोध समत भएको छ ।


Related posts

Leave a Comment