अमेरिका प्रवेश गर्न खोज्ने ५०० आप्रवासी मेक्सिकोद्वारा देश निकाला


सुरक्षित वासस्थानको खोजीमा अमेरिका प्रवेशका लागी हिँडेका हजारौँ हुण्डरस देशका नागरिकहरू मध्य ५ सय भन्दा बढीलाई आज मेक्सिको सरकारले देश निकाला गर्ने निर्णय गरेको छ।

अमेरिकाको स्यान डिएगो सहर नजिक रहेको अमेरिका- मेक्सिको सीमामा गैर कानुनी तवरले सीमा पार गर्न खोज्ने हुन्डरियन समूहलाई मेक्सिको प्रशासनले हिंसात्मक र गैरकानुनी रूपमा सीमा प्रवेश गर्ने प्रयास गरेको भन्दै आज गिरफ्तार गरेको हो। सयौँको सङ्ख्यामा गिरफ्तार गरिएकाहरूलाई उनीहरूको मुलुक,हुण्डरस, फिर्ता पठाउन लागिएको मेक्सिको सरकारले जनाएको छ।

अमेरिका-मेक्सिको सीमामामा गत साता देखि सात हजार भन्दा बढी हुण्डरसका नागरिकहरू अमेरिका प्रवेश गर्ने योजनाका साथ जम्मा भएका छन्।
सयौँको सङ्ख्यामा सीमा पार गर्ने कोसिस भए पछि अमेरिकी सीमा अधिकारीहरूले समेत भीडलाई रोक्न अश्रु ग्यासको प्रयोग गर्नु परेको थियो। सीमामा उत्पन्न विवादका कारण अमेरिका-मेक्सिको सीमा केही घण्टाका लागी बन्द गरिएको अधिकारीहरूले जनाएका छन्।

आफ्नो मुलुकमा सुरक्षित जीवनयापनको सम्भावना नदेखेका हुण्डरसका नागरिकहरू हजारौँको सङ्ख्यामा अमेरिका प्रवेशका लागी हिँडेका हुन्।

अमेरिकी सरकारले अनाधिकृत रूपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणार्थीहरूका विरुद्ध आवश्यक कदम चाल्न र सीमामा गैर कानुनिरुपमा प्रवेश रोक्नका लागी मेक्सिको सरकारलाई दबाब दिँदै आएको छ।


Related posts

Leave a Comment