अन्तरजातीय विवाह गरेर पति बेपत्ताः सुत्केरी युवती अलपत्र


आलोक यादव, सिरहा ।
अन्तर जातीय प्रेम विवाह गरेकी एक सुत्केरी महिलाको पति वेपत्ता भएपछि अलपत्र परेकी छन् । २०७४ साल पुस १ गते सो नगरपालिकाका २२ वर्षिय शिवदत्त चौधरी कलवारसँग प्रेम विवाह गरेकी संगिताका पतिले तिन महिनादेखि सम्पर्क समेत नगरेपछि अलपत्र परेकी हुन् ।
मंसिर २२ गते लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा सल्यक्रियापछि उनले शिशु छोरालाई जन्म दिएकी छिन् । तर, ती शिशुको अवस्था अहिले भने नाजुक छ ।
नवजात शिशु दुध खान नसकेपछि उनलाई वाहिर लैजान चिकित्सकले सल्लाह दिएका छन्, तर आर्थिक अवस्था कमजोर भएकाले बाहिर लैजान नसकिएको संगिताका पिता भोला सदाले लाचारी बताए ।
उनले शनिवार परिवार र छरछिमेक सहित संचारकर्मीहरुको भेला मार्फत छोरीलाई न्याय दिलाउन पहल गरि दिन आग्रह गरेका छन् ।
२०७४ साल पुस १ गते कोसी मेला हेर्न जान्छु भन्दै माईती घर सुरुङ्गा नगरपालिका ४ वाट निस्केकी संगिता सोही दिन शिवदत्तसँग भागि प्रेम विवाह गरेकी थिइन् ।
तिन महिना विभिन्न स्थानमा घुमाएर २०७४ साल चैत्र २ गते माइती मैं पु¥याएर केहि दिनमा लिन आउँछु भन्दै गएको पति हालसम्म फर्कि नआएको संगिताले सुनाइन । यता पतिका घरमा जाँदा सासु–ससुराले दलितकी छोरी भन्दै घरमा पस्न नदिएको संगिताले गुनासो गरिन् ।
घरमा गयो भने दलितकी छोरी भनेर लखेट्छन् माइतीमा आयो भने तैले आफ्नो मनमर्जीले विवाह गरेर ठूलो गल्ती गरिस भन्छन्, अब म कसरी बाँच्ने ? संगिताले पीडा पोखिन् ।
उनले पतिलाई सासु–ससुराले नै अर्को विवाह गराउने नियतले लुकाई राखेको आरोप पनि लगाएकी छिन् । नवजात शिशुलाई आफैले एक्लै पाल्न नसक्ने भन्दै उनले पनि न्यायका लागि पहल गरि दिन सबैसँग आग्रह गरेकी छिन् ।
जनचेतना दलित संगम नामक संस्थाले निकै पहल र प्रयास पनि गरेका छन् तर सफलता भने मिल्न सकेको छैन् । संस्थाका कार्यकारी निर्देशक गणेश प्रसाद रामले संगिताको अवस्था हेरेर सामाजिक दवाव देखि प्रहरी सम्म पुगेपनि सफलता मिल्न नसकेको बताए ।
यस्तै प्रहरीले पीडित संगिताको किटानी जाहेरीको आधारमा शिवदत्तको खोजी कार्य तिब्र बनाइएको जनाएको छ ।


Related posts

Leave a Comment