अन्तिम समयमा रोनाल्डोले युभेन्ट्सलाई हारबाट बचाए


युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलमा एटलान्टासँग बराबरीमा रोकिएको छ ।बुधबार राति भएको खेलमा युभेन्टसले एटलान्टासँग उसैको मैदानमा २-२ गोलको बराबरी खेलेको हो । एटलान्टासँग बराबरी दिलाउन अन्तिम समयमा क्रिष्टियानो रोनाल्डो गोल गरेका थिए ।खेलको दोस्रो मिनेटमा नै एटलान्टाका बेराट ड्जिमसिटीको आत्मघाती गोल गरेपछि युभेन्टसले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको १८ औं मिनेटमा जापटाले गोल गर्दै एटलान्टालाई बराबरीमा पुर्‍याएका थिए ।खेलको ५६ औं मिनेटमा जापटाले अर्को गोल गर्दै एटलान्टालाई २-१ गोलको अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई २-२ गोलको बराबरी दिलाएका हुन् ।बराबरी खेलेसँगै लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले १८ खेलबाट ५० अंक बनाएको छ ।


Related posts

Leave a Comment