अरनिकाले नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान गरे: राष्ट्रपति


राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विभूति अरनिकोले नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
शनिबार ललितपुर महानगरपालिकाको प्राङ्गणमा राष्ट्रिय विभूति अरनिकोको पूर्णकदको प्रतिमा अनावरण गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । राष्ट्रपति भण्डारीले अरनिको जस्ता राष्ट्रिय विभूतिलाई राष्ट्रले गौरव गर्दै सम्मान गर्नुपर्ने धारणा पनि राख्नुभयो । उहाले सांस्कृतिक सम्बन्ध विस्तार कै कारण अहिले नेपाल चीन सम्बन्ध परिपक्व अवस्थामा रहेको जिकिर गर्नुभयो । सरकारले बास्तुविद् अरनिकोलाई राष्ट्रिय विभूतिको उपाधी दिनु निकै गौरवको कुरा भएको बताउनुभयो । उहाले बास्तुविद् अरनिकोका सम्मानका लागी नै निकै पहिलो नेपाल चीन जोड्ने सडकलाई अरनिको राजमार्गको रुपमा नामाङ्करण गरिएको स्मरण गर्नुभयो ।
कार्यक्रममा ललितपुुर महानगरका प्रमुख चिरिवावु महर्जनले नेपाल चीनको सांस्कृतिक सम्बन्धलाई प्रगाढ पार्नका लागी अरनिकोको भूमिकाको चर्चा गर्दे महानगर परिसरमा पूर्णकदको प्रतिमा राख्न पाउन गौरवको बिषय भएको बताउनुभयो । त्यस्तै सस्कृतिविद् सत्यमोहन जोशीले नेपाल र चीनका जनताबिच सास्कृतिक मित्रताको बिकासमा त्याग र बलिदान भएको स्मण गर्नुभयो ।नेपालका लागि चिनिया राजदुत यू होङ्क र संस्कृति, पर्यटन, तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी लगायत सहभागी कार्यक्रममा चित्रकार तथा अरनिको प्रतिमा निर्माणकर्ता प्रकाशरत्न शाक्यलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।


Related posts

Leave a Comment