ए डिभिजन लिगः पुलिस विरुद्ध आर्मीको १-० को जित


सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले पुलिस क्लबलाई १–० गोलले पराजित गरेको छ ।

खेलको ३० औं मिनेटमा टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णयक गोल बन्यो । जारी लिगमा आर्मीको यो दोस्रो जित हो। पहिलो खेलमा न्युरोड टिम एनआरटीसँग २–२ गोलको बराबरीमा रोकिएको आर्मीले दोस्रो खेलमा च्यासल युथ क्लबलाई १–० गोलले पराजित गरेको थियो।

जितसँगै आर्मी ३ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।


Related posts

Leave a Comment