एशियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको फाईनलमा नेपाल र भारत भिड्ने


काठमाडौं–नेपाल र भारत काठमाडौंमा जारी दक्षिण एशियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्समा उपाधी नजिक पुगेका छन् ।नेपालले सेमिफाईनलमा बंगलादेशलाई ३–० को जित निकाल्दै उपाधी नजिक पुगेको हो । नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१–१३, १८–२१, २१–१८ ले पराजित गरे ।महिलातर्फ रशिला महर्जनले बंगलादेशकी फारविन विन्ते ईमडाडलाई २१–८, २१–५ ले तथा नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१–१५, २१–१६ ले पाखा लगाउंदै विजयी भएका हुन् । अव उपाधीका लागि नेपालले भारतको सामना गर्ने भएको छ । यस अघि नेपालले मालदिभ्सलाई ४–१ ले पराजित गर्दै समूह बिको विजेता हुदै बंगलादेशको सामना गरेको थियो । नेपाल यस स्पर्धामा अघिल्लो संस्करणको उप–विजेता टिम हो ।

यस्तै अर्को सेमिफाईनलमा भारतले श्रीलंकालाई ३–० ले नै पराजित गर्दै फाईनलमा नेपालको सामना गर्ने भएको हो । भारतले पुरुष एकलमा प्रियान्सु रजावतले श्रीलङ्काका रन्थुस्का सासिन्धुलाई २३ – २५, २१–१२, २१–१७ ले हराए । यस्तै महिला एकलमा भारतकी मालविका बंसोदले श्रीलंकाकी दिल्मी दियासलाई २१–१२, २१–१४ ले तथा पुरुष युगलमा भारतका बिष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले श्रीलङ्काका चामथ दियास र चिराथ ईलुपेरुमाचीको जोडीलाई १९–२१, २१–९ र २१–१० ले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । भारत अघिल्लो संस्करणको विजेता हो


Related posts

Leave a Comment