बाबु छोरीको गज्जबको केमेष्ट्री, शृषाले गरिन् दमदार अभिनय (भिडियोसहित )


काठमाडौँ । हल्का हल्का उदाउँछ जुन वारीमा, खोला पारीमा लगायतका चर्चित गीतमा काम गरेकी मोडल तथा गायिका हुन् शृषा कुँवर । मोडलीङ र गायनको यात्रालाई सँगसँगै लेजान सफल शृषा अहिले आएर चलचित्रमा पनि अभिनय गर्दैछिन् । हाल पोखरामा छायांकन भइरहेको फिल्ममा शृषाले दयाहागं राई लगायतका चर्चित कलाकारहरुसँग पनि अभिनय गरिरहेकी छन् । उनै शृषाले अभिनय गरेको त्यो पारी पाखामा बोलको गीत सार्वजनिक भएसँगै यसले राम्रो चर्चा पाइरहेको छ ।
गायक राजेश गुरुगंको स्वर रहेको गीतमा राजेन्द्र गौतमका शब्द शृजना समावेश छन् । गायनको सुरुवातमा नै राम्रो संभावना देखाएका गायक राजेशको भिडियोमा अभिनयमा शृषालाई जीवन भट्राईले साथ दिएका छन् । जसमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ भने गायक तथा संगीतकार तुला पर्वतले संगीत भरेका छन् । गीतको भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका हुन् भने विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । राहुल बराईलीले निर्देशन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो :   

https://www.youtube.com/watch?v=HFOj3NLFPS8&fbclid=IwAR0JxTjJo-9vR1FcF59oDj00vS5yQZrp1S678RNQNKbaNZJATTfTk64jLt0


Related posts

Leave a Comment