गाडीको ठक्करबाट पाटेबाघ घाइते


पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्जको कोरएरीया कुवाभारमा पिकअप भ्यानले ठक्कर दिँदा एउटा पाटेबाघ गम्भीर घाइते भएको छ। पूर्वबाट पश्चिमतर्फ गइहेको वा ८ च ३९१८ नम्बरको पिकअपले ठक्कर दिँदा लोपोन्मुख पाटेबाघ गम्भीर घाइते भएको हो। घाइते बाघलाई उपचारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पुर्याइएको छ।

तिब्र गतिको पिकअपले ठक्कर दिँदा बाघका सबै दाँत र अगाडिको एउटा खुट्दा भाँचिएको छ । निकुञ्जले सवारीसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। साढे १ वर्ष अघि सोही स्थानमा गाडीले ठक्कर दिएर एउटा पाटेबाघ मरेको थियो।फाइल फोटो


Related posts

Leave a Comment