बालअधिकार तथा क्षमता अभिवृद्धि तालिम सिरहाको लहानमा सुरु


आलोक यादव ,सिरहा।
लहानको मरवाडी सेवा सदनमा २ दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो । कार्यक्रम अन्तर्गत बालअधिकार चेतना समुहका सदस्यहरुका लागि बालअधिकार तथा क्षमता अभिविर्द्धि तालिम अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) प्रदेश नम्बर २ जनकपुर कार्यलयको आयोजनामा सोमबार देखि लहान ७ मा अवस्थित मारवाडी सेवा सदनको सभा हलमा शुरु भएको हो । इन्सेक प्रदेश २ का संयोजक राजु पासवानको अध्यक्षता तथा जिल्ला पत्रकार महासंघका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा इलाका प्रहरी कार्यलय लहानका इन्स्पेक्टर विजय यादव, महिला अधिकारकर्मी गङ्गा पोखरेल , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका प्रवन्ध निर्देशक फिरोज शेख, अपन दैनिक राष्टिय पत्रिकाका सम्पादक शुभ नारायण कामति , संचारकर्मी गणेश कुमार ठाकुर , संचारकर्मी आलोक यादव लगायत सिरहाका श्री जनता नन्द ललिता मावि लक्ष्मीपुर पतारी, श्री धनियाइन मावि महेशपुर पतारी,श्री रामा महनती यादव जनता मावि सीतापुर प्रध र श्री जनता मावि मौवाही विद्यालयका ४ जना संरक्षक शिक्षकहरु सहित ३८ जना विद्यार्थीहरुको उपस्तिथी रहेको थियो।

उपस्थित ४ वटै विद्यालयका छात्रछात्राहरुलाई बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने, आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरुको बारेमा,बालअधिकार भनेको के हो ? बाल अधिकार महासन्धीको बारेमा, नेपालको संविधान २०७३ भाग ३ मौलिक हक र कर्तव्यको धारा ३९ मा बालबालिकाको हकको बारेमा,अधिकार र दायित्व, बालबालिकालाई चाहिने खोप स्वास्थ्य सेवा दिनु सबैको दायित्व,‘बालबालिकाहरुलाई उचित हेरविचार र माया गर्नु अरु सबैको दायित्व, लागु औषध, बालबिवाह, दहेज प्रथा , बालिका बलात्कार ,बालिका यौन दुर्व्यवहार लगायतका समस्याहरुको समाधान तथा रोकथाम कसरि गर्ने रु लगायतका बारेमा इन्सेक प्रदेश २ का संयोजक राजु पासवान , जिल्ला पत्रकार महासंघका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, इलाका प्रहरी कार्यलय लहानका इन्स्पेक्टर विजय यादव, महिला अधिकारकर्मी गङ्गा पोखरेल र इन्सेक प्रदेश २ का कार्यक्रम संयोजक जागेश्वर यादवले २ दिन सम्म ३८ जना विद्यार्थीहरुलाई तालिम दिने कार्यक्रम रहेको आयोजकले जनाए ।


Related posts

Leave a Comment