रोल्पाको एक घरमा आगलागी हुँदा एक बालकको ज्यान गयो


रोल्पा जिल्लास्थित एक घरमा आगो लाग्दा एक जना बालकको जलेर मृत्यु भएको छ।जिल्लाको रून्टिगढी गाउँपालिका वडा नं। ४ मसिना निवासी भिमबहादुर पुनको घरमा आगो लाग्दा उनका ३ वर्षीय छोरा विशला पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।जिल्ला प्रहरी प्रमुख एवम् डिएसपी दिपक खड्काले मंगलबार बेलुका ६ बजेतिर पुनको फुसले छाएको एक तले कच्ची घरमा आगो लाग्दा घर भित्रै सुतिरहेका बालकको मृत्यु भएको जानकारी दिए।

आगलागीबाट घर भित्र रहेका अन्तपात, लत्ता कपडा, भाँडा वर्तन सबै जलेर नष्ट भएका छन्।


Related posts

Leave a Comment