उत्कृष्ट खेलाडीमा यसपटक २९ खेलका खेलाडी समावेश


राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले हरेक वर्ष प्रदान गर्दै आएको वर्षको उत्कृष्ट खेलाडीमा यसपटक २९ खेलका खेलाडी परेका छन ।

पुष १३ गते हुने अवार्ड कार्यक्रममा २०७४ सालमा विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा २९ खेलका खेलाडीलाई सम्मान गरिने आयोजकले बताएको छ । यसअघि एनएनआइपीले ३५ खेलका खेलाडीलाई सम्मान गर्दै आएको थियो । तर यो वर्ष सो संख्या घटाएर २९ मा पुर्याएको छ । २९ खेलबाट एक एक खेलाडीलाई वर्ष उत्कृष्ट अवार्ड दिइनेछ । उत्कृष्ट हुने खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन । यसअघिका संस्करणमा जस्तै यसपटक पनि अन्तराष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी आदर्श खेलाडीको पनि घोषणा गरिनेछ । जसको विजेताले २५ हजार रुपैयाँ पाउनेछ । यस्तै एक जना उत्कृष्ट खेल पत्रकारलाई पनि सम्मान गरिनेछ । जसको पुरस्कार राशी १५ हजार रुपैयाँ रहेको छ । यसपटकको पुरस्कार कार्यक्रम पाटन दरबार स्क्वायरमा गरिनेछ ।

अवार्डका लागि आयोजकले तीन जनाको छनोट कमिटी बनाएको छ भने २०७४ सालमा भएको राखेप च्याम्पियनसिपमा समावेश भएका खेलबाट उत्कृष्ट खेल छनोट गरिएको आयोजले बिहीबार पत्रकार सम्मेलन गरि जनाएको हो ।

आयोजकले अर्को वर्षदेखि प्याराग्लाइडिङलाई पनि समावेश गर्ने जनाएको छ ।


Related posts

Leave a Comment