जुनियर राष्ट्रिय सेवा दलको खेलकुदमा अमर माध्यामिक विद्यालयको उकृष्ट प्रदर्शन


जुनियर नेपाल राष्ट्रिय सेवा दलको २१ दिने तालिममा रहेको अमर माध्यमिक विद्यालयले महोत्तरीको बर्दिवासमा सञ्चालित अन्तर विद्यालय स्तरीय पुरूष भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको छ ।

भलिबल प्रतियोगितामा सहभागी १५ विद्यालय मध्ये आज भएको फाइनल खेलमा अमर माध्यमिक विद्यालयले ज्ञानज्योती नमुना माध्यमिक विद्यालय लमजुङलाई ३ सेट आफ्नो खातामा पारी प्रथम पुरस्कारको उपाधी प्राप्त गरेको हो । त्यसैगरी आजै सञ्चालन गरिएको छात्रा फुटबल प्रतियोगितामा यस विद्यालयले तृतीय स्थान हाँसिल गरेको छ ।

साथै ८०० मिटरको छात्रा दौड ३ मिनेट १७ सेकेन्डमा पूरा गरि प्रथम स्थान हाँसिल गरेको छ भने १००० मिटरको छात्र दौड ३ मिनेट ४ सेकेन्डमा पुरा गरि तृतीय स्थान प्राप्त गरेको छ।

नेपाली सेनाद्वारा सञ्चालित यस जुनियर नेपाल राष्ट्रिय सेवा दलको ४५ औं ब्याच तालिम अन्तर्गत ७९ दिनको तालिम विद्यालयमा सम्पन्न गरी २१ दिने तालिम लिन जिल्ला बाहिर गएको यस विद्यालयबाट १८ छात्रा, १८ छात्र र ३ शिक्षक सहित ३९ जनाको टोली गत पौष २१ गते महोत्तरीको बर्दिबास प्रस्थान गरेको थियो । सो तालिम माघ १४ गतेसम्म सञ्चालन हुने शिक्षिका सरस्वति वि क ले जानकारी दिएकी छन्।

तालिम पश्चात् विद्यार्थी, तालिममा सहभागी शिक्षिका र तालिम प्रशिक्षकहरूलाई औपचारीक कार्यक्रम गरि सम्मान गर्ने योजना रहेको विद्यालयका सूचना अधिकारी दामोदर पौडेलले बताए ।


Related posts

Leave a Comment