एसइईपछि सस्तो र गुणस्तस्तरीय पढाइको लागी यी विद्यालय किन छान्ने ?


तुलसी अर्याल/ टिभी अन्नपुर्ण

पहिले एसएलसी र अहिले एसइईलाई निक्कै महत्वको शिक्षा मानिन्छ । १० वर्षसम्म पढेको हुनाले पनि त्यसपछि अब कुन विषय कुन विद्यालयमा पढ्ने भन्ने विषय अति नै महत्वपूर्ण हुन्छ । १० कक्षासम्मको पढाई सकेपछि लाखौँ विद्यार्थी र अभिभावकको चासो र चिन्ताको विषय भनेको अब कुन अब १२ कक्षासम्म कुन विषय कुन विद्यालयमा पढ्ने भन्ने हुन्छ । हुन त हाल कक्षा १२ सम्मको शिक्षालाई नै विद्यालय तहमा राखेको छ । तर पनि कक्षा १० पछिको गन्तव्य करिब १० वर्ष बढीको मेहनत र प्राप्त गरेको सीप र ज्ञानलाई त्यसपछिको पढाइले डोर्याउने र निर्धारण गर्ने गर्छ ।
हजारौँ विद्यालयको भिडमा पक्कै पनि सामान्य विद्यार्थी र अभिभावकलाई सही र गुणस्तरीय शिक्षा दिने कलेज छुट्ट्याउन पक्कै सजिलो अवस्था होइन । विभिन्न माध्यमबाट गरिने विज्ञापन र बाहिरी देखावटी चर्चा र हल्लाका भरमा पनि कतिपय विद्यार्थी अलमलमा पर्छन् । सामान्यतः भौतिक रूपमा सम्पन्न र महँगो शुल्क भएको विद्यालयलाई नेपालमा राम्रा र गुणस्तरीय भन्ने गलत धारणा पनि छ । वास्तवमा महँगो शुल्कमात्रै र बाहिर देखिने भौतिक संरचनाले मात्रै राम्रो र गणस्तरीय शिक्षा दिने मानक विद्यालय होइनन् । महँगो शुल्क लिने र भौतिक संरचनामा सम्पन्न रहेका विद्यालय सबै राम्रा विद्यालयमा पर्दैनन् । सामान्य भौतिक सुविधा सम्पन्न, शान्त र पारिवारिक वातावरण, अझै दक्ष र अनुभवी शिक्षक, कुशल व्यवस्थापन, व्यवहारिक सिकाई पद्धति लगायत पनि राम्रो शिक्षा दिने विद्यालय, कलेजको छनोटका माध्यम हुन सक्छन् । हामी काठमाडौँका केही सस्ता तर राम्रा र गुणस्तरिय शिक्षा दिने विद्यालयको बारेमा चर्चा गर्दैछौ । जसले अब कुन विद्यालयमा १२ कक्षासम्मको अध्ययन कुन विषय पढ्ने भन्नेमा उत्सुक विद्यार्थीलाई सहयोग पु-याउँछ ।

ब्रुक्लिन
प्रयोगात्मक विधिबाट गुणात्मक शिक्षा प्रदान गर्दै आइरहेको ब्रुक्लिन कलेज काठमाडौँको सुकेधारामा अवस्थित छ । प्रबिधियुक्त वातावरणमा पठन पाठन गराउने यसमा प्लस टु तर्फ विज्ञान, व्यस्थापन, मानविकी सङ्कायमा अध्यापन गराउँदै आइरहेको छ । सुविधायुक्त कक्षा कोठा र हरेक कक्षा कोठामा प्रोजेक्टर जडान गरिएको यस कलेजले विधार्थीलाई प्रयोगात्मक माध्यमबाट प्रभावकारी ढङ्गले शिक्षा प्रदान गराउँदै आइरहेको छ ।
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क विज्ञान ३० हजार
व्यवस्थापन २४ हजार

सान्त्वना कलेज
१५ वर्ष अघि शिक्षकहरूको सूुहले बानेश्वरको आलोकनगरमा खोलेको कलेज थोरै विद्यार्थीको सङ्ख्यामा शान्त वातावरणमा पढाई हुने भनेर पत्याइने कलेज हो । सान्त्वना उच्च माध्यमिक तहतर्फ मानविकी र व्यवस्थापन सङ्कायमा अध्ययन गर्न पाइन्छ । सबै खाले पूर्वाधार सम्पन्न सान्त्वनाले विद्यार्थीको आवश्यकता अनुसार शान्त वातावरण र अनुशासन नै विद्यार्थीको लागि मूल मन्त्र हो भन्ने माध्यममा अभिभावकको समेत मन जित्न सफल भएको छ ।
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क मानबिकी ३० हजार
व्यवस्थापन ४५ हजार

रिलायन्स कलेज
काठमाडौँको चाबहिलमा अवस्थित रिलायन्स गुणस्तरीय शिक्षाको लागि अब्बल ठहरिएको कलेज हो । सस्तो र सुलभ शुल्कमा अध्ययन अध्यापन गराउने यस कलेजले प्लश टु मा विज्ञान र व्यस्थापनमा पठनपाठन गराउँदै आएको छ । आफूले पढाएका विद्यार्थीहरू विभिन्न उच्च स्थानमा पुगेको कलेज प्रमुख बताउँछन् ।
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क विज्ञान ४८ हजार व्यवस्थापन ३६ हजार ।
मदन भण्डारी मेमोरियल कलेज
सन् २००१ मा स्थापना भएको मदन भण्डारी मेमोरियल कजेल वानेश्वोरको बिनायकनगरमा अवस्थित छ । यस कलेजका बिध्यार्थीलाइ लक्ष्य, गन्तव्यमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सक्षम नागरिक उत्पादनमा अहोरात्र खटिरहेको छ । कलेज प्रमुख डम्बर हमालका अनुसार यहाँबाट उत्पादित विद्यार्थी बीबीएससम्म कार्यरत छन् । कलेजले उच्च माध्यमिक तहमा विज्ञान, व्यस्थापन र मानवकी अन्तर्गत अध्ययन अध्यापन गराउँदै आएको छ । सस्तो र गुणस्तरीय कलेज भएकाले उच्च रिजल्ट यस कलेजको परिचय नै हो विद्यार्थीको सर्वनगिण विकासको लागि खेलकुद , कला र साहित्यमा पनि उतिकै जोड दिने गरेको छ ।
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क विज्ञान ५० हजार
व्यवस्थापन ३० हजार

न्यु मिलिनियम
गुणस्तरीय र व्यवहारिक शिक्षाका लागि आवश्यक शैक्षिक पूर्वाधार भएको न्यु मिलिनियम कलेज काठमाडौँको सुकेधारा स्थित रहेको कलेज हो । अनुभवी शिक्षक द्वारा पठन पाठ न गराइने यस कलेजमा प्लश ट सङ्कायमा विज्ञान, मानवकी , व्यस्थापनमा अध्ययन अध्यापन गराउँदै आइरहेको छ । रे विद्यार्थीका लागि आवश्यक प्रयोगशाला , पुस्तकालय , क्यान्टिन , खेलकुद मैदान भएको कलेजम्मा राष्ट्रिय फुटबल
खेलाडी हेमन गुरुङ समेत अध्ययनरत थिए ।
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क विज्ञान ६० हजार
व्यवस्थापन ४५ हजार

बागमती
काठमाडौँ सुकेधारा स्थित रहेको बागमती कलेज सन् १९९७ मा स्थापना भएको हो । प्लश ट तपÞर्m मा नेपाल का टप कलेज मध्यको एक बागमती कलेजमा विद्यार्थीलाई आवश्यक प्रविधि र शान्त बातबरणमा पठन पाठ न गराइछ । यस कलेजमा तर्फ बिग्वन , व्यस्थापन र मानवकी संकायेमा आध्यापन गराइछ । एउटा सामान्य मजदुर काम गरेर राजधानीमा कोठा भाडा तिरेर आफ्नो कलेज पढाउन सक्ने शुल्क रहेको कलेज प्रमुख बताउछन ।
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क विज्ञान ७६ हजार
व्यवस्थापन ६१ हजार

प्रिमियर कलेज
१८ वर्ष देखि शिक्षण सेवामा अहोरात्र खटिएको प्रिमियर कलेज ले सक्षम नागरिक उत्पादनमा ठुलो योगदान पुर्‍याउनै आएको छ । राजधानीको मुटु बनेश्वोर स्थित रहेको यस कलेजले विद्यार्थीलाई सुविधा युक्त बातबरणमा आध्ययन आध्यापन गराउने यस कलेजमा विज्ञान, ब्यथापन र मानवकी सङ्कायमा कक्षाहरू सञ्चालन गरिन्छ ।
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क विज्ञान ९५ हजार
व्यवस्थापन ६० हजार

कोलम्बस कलेज
नयाँ बानेश्वर शंखमूल मार्गमा अवस्थित कोलम्बस कलेज गुणस्तरीय शिक्षाको लागि चर्चित नाम हो । उच्च माध्यमिक तह तर्फ यस कलेजले विज्ञान र व्यस्थापन सङ्कायमा पठन पाठ न गराउँदै आएको छ ।
यस कलेजमा एउटा सामान्य परिवारका अभिभावकले समेत आफ्ना छोराछोरी लाई पढाउने सक्ने शुल्क रहेको छ । कलेजसँग स्थरिय प्रयोगशाला, खेलकुद मैदान, पुस्तकालय , सेमिनार हाल सबै सुविधा उपलब्ध छ ।
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क विज्ञान १ लाख
व्यवस्थापन ८० हजार

पेन्टागन कलेज
विगत ९ वर्षदेखि शैक्षिक क्षेत्र मा योगदान पुर्‍याउनै आइरहेको पेन्टागन राजधानीको तीनकुने अवस्थित छ । क्रेटिभिटी र इनोभेसनमा अब्बल ठहरिरहेको यस कलेज २०७४ सालको नेसनल साइन्स एक्जिबिसनको विजेता समेत हो । पढ्नको लागि निकै घुइँचो लाग्ने यस कलेजमा सक्षम विद्यार्थीलाई छात्रबृदिको समेत प्रधान गर्दै आइरहेको छ ।
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क विज्ञान १ लाख १८ हजार
व्यवस्थापन ८० हजार

ग्लोबल कलेज
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क स् १ लाख २९ हजार
काठमाडौँ को वानेश्बर स्थित रहेको ग्लोबल कलेजमा अफ म्यानेजमेन्ट सफल व्यस्थापनलाइ आफैमा एउटा ब्रान्ड बनेको छ । व्यस्थापन शिक्षक लागि नेपाल कै एक उत्कृष्ट मानिने यस कलेजमा व्यस्थापन सङ्कायमा अध्ययन गराउँदै आएको छ । आफ्नै भवन रहेको यस कलेजका कक्षा कोठाहरू आधुनिक र प्रविधिको सुविधाले युक्त छन् । गत वर्षको परीक्षामा ९३।३३ प्रतिशत विद्यार्थी पास गराउन सफल रहेको यो कलेजले मासिक शुल्क ५ हजार लिन्छ । भर्ना शुल्क १२ हजार र अन्य शुल्क ५७ हजार लिने गरेको कलेजले जनाएको छ । जम्मा एक वर्षका लागि यो कलेजले १ लाख २९ हजार रुपैयाँ लिने गर्छ ।

काठमाडौँ मोडल कलेज
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क १ लाख १३ हजार ९ सय
बागबजार काठमाडौँ अवस्थित अर्को प्लस टु हो काठमाडौँ मोडल कलेज । गत वर्षको नतिजाअनुसार ९५।३६ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको यो विद्यालय विद्यार्थीहरूको अर्को छनोट बन्न सक्छ । यो प्लस टु ले विज्ञान र व्यवस्थापन विषय अध्ययन गराउँदै आएको छ ।
विज्ञानतर्फ मासिक शुल्क ५ हजार २ सय लिने यो प्लस टुले भर्ना बापत ८ हजार तथा अन्य शुल्क बापत ४३,५०० रुपैयाँ शुल्क लिने गरेको छ । कुल एक वर्षको खर्च निकाल्दा विज्ञानतर्फका विद्यार्थीले १ लाख १३ हजार ९ सय रुपैयाँ तिनुपर्ने हुन्छ । यस्तै व्यवस्थापनतर्फ ३ हजार ५ सय मासिक शुल्क लिने यो प्लस टुले भर्ना शुल्क भने ८ हजार लिन्छ । अन्य शुल्क २४ हजार ५ सय लिने गरेको छ । सबै गरी एक वर्षमा एक कलेजमा पढ्न ७४ हजार ५ सय तिनुपर्ने हुन्छ ।

सैनिक आवासीय महाविद्यालय
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क विज्ञान १ लाख २९ हजार ६ सय विज्ञान
व्यवस्थापन १ लाख २६ हजार ८ सय
भक्तपुरको सल्लाघारीमा रहेको यो उच्च मावि नेपाली सेनाको सञ्चालनमा चलिरहेको छ । तर, विज्ञातर्फ यसले अरु अब्बल कलेजहरूलाई शुल्कमा उछिनेको छ । यसले विज्ञान, व्यवस्थापन र मानवकी तीनै सङ्कायमा अध्यापन गराउँदै आइरहेको छ ।विज्ञान र व्यवस्थापनमा समान १ सय ६० जना विद्यार्थी भर्ना लिने यसले समान ८÷८ जनालाई छात्रवृत्ति दिने गरेको छ । मानविकीमा भने यसले ४० जनालाई भर्ना लिदैं आएको छ । जसमा २ जनालाई छात्रवृत्ति दिइन्छ । भर्ना शुल्क ६ हजार र मासिक शुल्क ९ हजार ५ सय लिने यो उच्चमाविले अन्य शुल्क बापत मानवकी र व्यवस्थापनमा ६ हजार ८ सय र विज्ञानमा ९ हजार ६ सय लिदैं आएको छ । यसरी हेर्दा मानवकी र व्यवस्थापन पढ्नेले वर्षमा १ लाख २६ हजार ८ सय रुपैयाँ तिनुपर्छ भने विज्ञान सङ्कायमा पढ्नेले १ लाख २९ हजार ६ सयमा कक्षा ११ पूरा गर्छ ।

प्रसादी एकेडेमी
कक्षा ११ मा पूरा गर्न लाग्ने शुल्क ः ९० हजार ५ सय ५०
रिजल्टको हिसाबले उत्कृष्ट नतिजा दिइरहेको यो प्लस टु ललितपुरको मानभवनमा रहेको छ । गत वर्षको नतिजामा यसले ९८.३५ प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गरेको यो कलेजले विज्ञान तथा व्यवस्थापन सङ्कायमा पढाइ गराउँदै आएको छ ।

विज्ञानतर्फ मासिक शुल्क ४५५० लिने यो उच्च माविले भर्ना शुल्क १४९५० र अन्य शुल्क २१ हजार लिने गरेको छ । सबै वार्षिक रूपमा जोड्दा यसको कुल शुल्क एक वर्षमा ९०,५५० हुन आउँछ । प्रसादीले विज्ञानसँगसँगै व्यवस्थापन पनि पढाउँदै आएको छ । व्यवस्थापनतर्फ यसले मासिक शुल्क ३५५० लिदैं आएको छ भने भर्ना शुल्क १४९५० रहेको छ । व्यवस्थापनका लागि अन्य शुल्क १४००० लिने गरेको छ । यो सबै जोड्दा कुल ७१ हजार ५ सय ५० रुपैयाँ एक वर्षको खर्च हुन आउँछ ।

 

 


Related posts

Leave a Comment