विवेकशील साझा पार्टीले माग्यो गृहमन्त्री र प्रहरी प्रमुखको राजिनामा


विवेकशील साझा पार्टीले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा माग गरेको छ ।शुक्रबार काठमाडौको माइतिघरमा तराजुसहित प्रर्दशन गर्दे विवेकशील साझा पार्टीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजीपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका हुन् ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा ४ महिना वितिसक्दा समेत पत्ता नलगाइएको भन्दै प्रदर्शनकारीहरुले न्यायका लागि नाटक मञ्चन समेत गरेका थिए । प्रदर्शनकारीहरुले उक्त हत्याकाण्डको अभियुक्त राज्यले नै लुकाएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका छन ।


Related posts

Leave a Comment