विवेकशील साझाको विवाद छताछुल्लः यसरी बाझिए मिश्र र थापा


पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा गम्भीर मतभेद देखिएको छ। पार्टीका दुई संयोजक मध्येका एक उज्ज्वल थापाले ‘विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको’ निष्कर्षसहित पार्टी सदस्यलाई पठाएको प्रतिवेदनमा नेतृत्वमा रहेको मतान्तरका फेहरिस्त उल्लेख छन्। विवेकशील साझा पार्टीको निर्वाचनपछिको एक वर्षको समीक्षा शीर्षकमा’ पार्टी सदस्यका लागि पठाइएको १८ पृष्ठ लामो प्रतिवेदनमा थापाले राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन्। उनले अब पार्टीको नयाँ नेतृत्व निर्वाचित गर्नुपर्ने संकेत गरेका छन्।

थापाले बुझाएको प्रतिवेदनको पूर्ण पाठ:

घरभित्रको विवाद चौतारामा छताछुल्ल पार्ने पक्षमा छैन: रवीन्द्र मिश्र

नयाँ वैकल्पिक राजनीति गर्ने भनी स्थापना भएको विवेकशील साझा पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ। संयोजक उज्वल थापाले सोमबार १८ पृष्ठ लामो समीक्षा प्रतिवेदन नेता तथा कार्यकर्तालाई बाँडेका छन्। उनको निष्कर्ष विवेकशील साझा पार्टी गलत दिशामा गएको भन्नेछ। त्यसमा उनले अप्रत्यक्ष रूपमा अर्का संयोजक रवीन्द्र मिश्रको कार्यशैलीको आलोचना गरेका छन्। संयोजक मिश्रले भने पार्टीको विवाद र बहस पारिवारिक भएकाले आफू त्यसलाई छताछुल्ल पार्ने पक्षमा नरहेको बताएका छन्।

‘सानो एउटा परिवारमा त बहस र विवाद हुन्छन्। यस्तो राजनीतिक दलमा  बहस र विवाद हुनु स्वभाविक हो। म घरभित्रको विमतिलाई चौतारीमा छताछुल्ल पार्ने पक्षमा छैन,’ मिश्रले भने, ‘भविष्यमा अत्यावश्यक देखियो भने सुसंस्कृत मूल्यमान्यतायुक्त वैकल्पिक पार्टी निर्माणमा भोगेका कठिनाइ, चुनौती र पीडाका बारे सार्वजनिक रूपमा छलफल गर्नेछु।’

 


Related posts

Leave a Comment