अष्ट्रेलियाको एक नदीमा डुबेर नेपाली विद्यार्थी बेपत्ता


 
अष्ट्रेलियाको एक नदीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थी बेपत्ता भएका छन्।

अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको सीमामा पर्ने अल्वरीस्थित मुर्रे नदीमा पौडी खेल्नेक्रममा २१ वर्षिय विगुल पण्डित डुबेर बेपत्ता भएका हुन्। उनी बुधवार साँझ डुबेर बेपत्ता भएका हुन् ।
घटना लगतै प्रहरी, एम्बुलेन्सका कर्मचारी र स्वयमसेवकले खोजी तिब्र पारेका छन्। तर, नदिको पानी धमिलो भएकाले खोजी कार्य प्रभावित भएको समाचारमा जनाइएको छ ।

हराईरहेका पण्डित चाल्स स्टर्ट विश्वविद्यालयमा अध्ययनरत थिए।
नेपालीको जनसंख्या बढेसँगै अष्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ।


Related posts

Leave a Comment