आइएमईको दशैंमा बीस लाख योजनाको दोस्रो विजेता घोषणा, बिजेन्द्रले पाए एक लाख


रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले चाड पर्व लक्षित प्रवद्र्धनात्मक कार्यक्रम दसैंमा बीस लाख अन्तरगतको दोस्रो महिनाको बिजेता घोषणा गरेको छ । रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने बिजेन्द्र थापा दोस्रो बिजेता बन्न सफल भएका हुन् । सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट दोस्रो महिनाको विजेता बनेका थापाले नगद एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिजेन्द्रकी आमा चिनु माया थापालाई एक लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । २०७५ साल असोज ७ गतेदेखि सुरु भई मङ्गसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यो योजना अन्तरगत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट दुईजना विजेता घोषित भईसकेका छन् । नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौँ सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने परम्परा आइएमईले आफ्नो स्थापना कालदेखि नै गर्दै आइरहेको छ ।

 


Related posts

Leave a Comment