सांसदका क्षेत्रीय विकास योजनाः कार्यकर्ता पोस्ने काम मात्रै


आलोक यादव, लहान ।
सिराहा जिल्लाका चार वटै निर्वाचन क्षेत्र विकासका योजना बनाइएको छ । दसैँ तिहार र छठका अवसरमा गाउँ गाउँ पुगेका सांसदले जनताले दिइएका योजना अनुसार जिल्ला समन्वय समितिमा पेस गरेका छन्। सांसदहरूले पेस गरेका योजनाहरू पार्टी कार्यकर्ता पाल्ने र अधिकांश अधुरै रहने खालका भएको वरिष्ठ पत्रकार चन्द्रदेव कामतीले बताए । सिराहा क्षेत्र नम्बर २ निर्देशिकालाई पालन नगरी जनताकाबीचमा विवाद उत्पन्न हुने योजना सांसदले बनाएको उनले आरोप लगाए । सांसदले बनाएका योजना कार्यन्वयन गर्न नसकिने एक गाउँपालिकाका अध्यक्षले बताए । क्षेत्र न ३ काख सांसद लीलानाथ श्रेष्ठले पेस गरेका योजना पार्टीका कार्यकर्ताहरूका नाम तोकेरै योजना बनाउका छन् ।

सरकारले क्षेत्रीय विकासका लागि बनाएका निर्देशिकालाई उल्घंन गरी ल्याएको योजना प्रति असहमति रहेको नेपाली काँग्रेसी सांसद सीता देवी यादवले बताइन् । सङ्घीय , प्रदेश र स्थानीय तह बिच रहेको दुरीलाई सांसदले ल्याएका योजनाले झन् दुरी बढाउँछ । हालकै योजना पारित गरे नगरपालिकाले कार्यन्वयन गर्न नसक्ने मेयर अशेस्वर यादवले बताए । नियम अनुसारका योजना नरहेको बारम्बार जानकारी गराउँदा पनि योजना नसच्याएको र यो योजनामा कार्यन्वयनमा कसैले सहमति नदिएको जिल्ला समन्वय समितिको प्रमुख सभाको घर रेग्मीको भनाई छ ।


Related posts

Leave a Comment