बीमा ऐनको मस्यौदामा दर्जन भन्दा बढी संसोधनको सुझाव


प्रस्तावित बीमा ऐनको मस्यौदामा बीमा व्यवसायीले एक दर्जन भन्दा बढी संसोधनको आवश्यकता औँल्याएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधी सभाको अर्थ समितिमा बीमा ऐनको मस्यौदामा सुझाव दिन पुगेका बीमा व्यवसायीहरुले बर्सेनी लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था खारेजी, बीमा करार लिखित नै हुनुपर्ने व्यवस्था खारेजी लगायतका एक दर्जन सुझाव दिएका हुन् । बैठकमा व्यवसायी कमलेश कुमार अग्रवालले बीमा करार लिखित नै हुनुपर्ने व्यवस्थाले बीमा क्षेत्रको विकास हुनै नसक्ने बताउनुभयो ।

अर्का व्यवसायी राजेन्द्र मल्लले बीमा कम्पनीले बर्सेनी लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था खारेज हुनुपर्ने धारणा राख्नुभयो । व्यवसायीहरुले सञ्चालक समितिको भत्ता बीमा प्राधिकरणले तोक्ने व्यवस्था पनि खारेज गर्नुपर्ने धारणा राखे । त्यस्तै, त्रैमासिक तथा आर्थिक बर्ष सकिएको ३० दिनभित्र वित्तिय विवरण पेश गर्नुपर्ने धारालाई संसोधन गरेर त्रैमासिक वित्तिय विवरण मात्रै ३० दिनभित्र पेश गर्नुपर्ने तर बार्षिक वित्तिय प्रतिवेदन भने आर्थिक बर्ष सकिएको ६ महिनाभित्र पेश गर्न पाउनुपर्ने उनीहरुले बताए । समितिका अध्यक्ष कृष्ण प्रसाद दाहालले बीमा ऐनका बारेमा सरोकार राख्ने सबैसँग छलफल थालिएको जनकारी दिनुभयो ।


Related posts

Leave a Comment