धुर्मुसले रङ्ग्याएको वीर अस्पतालः बाहिर जती राम्रो भित्र त्यती नै नराम्रो(भिडियोसहित)


मुलुककै जेठो वीर अस्पताल । करोडौं खर्चेर चिटिक्क पारिएको छ । बाहिरबाट हेर्दा लाग्छ आहा कति सुन्दर । तर भित्र भने अझै रङगिएको छैन । सामान्य जस्ता लाग्ने तर महत्वपूर्ण विषयमा अस्पताल मौन छ । बाहिरी भित्तामा रङरोगन गरिएको छ । तर भित्री भित्ता भने पानपराग, र थुकले राताम्य बनाइएको छ । शौचालयको हालत झन खराब छ । फोहर त सामान्य नै भयो । बाहिरै बाट देखिने ठुल्ठुला भ्वाङ छन् । इमरजेन्सी वार्डसँगै जोडिएका शौचालयको अवस्था हेर्दा प्रश्न उठ्छ ।

यो पनिः वीर अस्पतालले नीजि फर्मेसीबाट लाखौं असुल्दै

वीर अस्पतालमा के बदलियो ? डोरी समातेर ट्वाइलेट बसेकी एक महिलाले बाहिर निस्किदै आक्रोस पोखिन् । यत्रो अस्पतालमा एउटा चुकुलसम्म छैन, अस्पताल त बाहिरबाट हेर्दा चिटिक्क, भित्र खोक्रो रहेछ । सबैभन्दा बढी समस्या महिलालाई भएको देखिन्थ्यो । डोरीवाल शौचालयले त्रासदी फैलाएको थियो । अधिकांश शौचालय डोरी बाँधेर चलाइएको छ । एक हातले शौचालयको डोरी समात्नु पर्छ । अर्की महिलाले सुनाइन् । महिला शौचालय मात्रै होइन । पुरुष शौचालयको हालत पनि उस्तै छ । कसैलाई कसैको मतलब छ जस्तो देखिँदैन थियो । परिवर्तन गर्नु पर्ने धेरै कुरा छन् । यी त सामान्य समस्या मात्रै हुन् । लामै समय लाइनमा बस्नुपर्छ ।

यो पनिः नक्सा स्विकृत नगरी वीर अस्पतालको भवन

घण्टौं लाइनमा बसेर औषधि पाइदैन । अस्पताल भित्र पनि फोहर छ । डाक्टरले भनेको सुन्दैनन् । क्यान्टिनमा अलि बेर भए खाना पाइदैन । वीर गरिबको अस्पताल हो । यहाँ समयमै उपचार पाइँदैन । सस्तोमा औषधि पाइदैन । क्यान्टिनमा खान पाइदैन । राति अबेरसम्म खुला हुदैन । वीर अस्पतालका सुचना अधिकारी उपसिचव टेकराज अर्यालले भने अस्पतालमा सामान्य समस्या देखिने गरेको बताए । शौचालयको विषयमा भने उनले अनविज्ञता प्रकट गरे । यदि त्यस्तो समीया भए सुधारका लागि पहल गर्ने उउनले प्रतिवद्दता जनाए ।


Related posts

Leave a Comment