बिपिएलमा सन्दीपले आज तेस्रो खेल खेल्दै


नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा आज आफ्नो तेस्रो खेल खेल्दै छन् । सन्दीपको टिम सिलहेट सिक्सर्सले बलियो टोली ढाका डायनामाइट्ससँग खेल्दै छ ।

जारी प्रतियोगितामा स्टार खेलाडीले भरिएको ढाका एक मात्र अपराजित टोली हो । तीन खेलमा तीनमानै जित निकाल्दै ढाका शीर्षस्थानमा छ । यता सन्दीपको टिम सिक्सर्स दोस्रो जितको खोजिमा हुने छ। सुरुवाती दुई खेलमा सिक्सर्सले एक मा जित र ए मा हार बेहोरेको छ । ढाकाको कप्तानी बंगलादेशका अलराउण्डर सकिव अल हसनले गर्ने छन् ।

सकिवसँगै बंगलादेशका तीब्र गतिका बलर रुवेल हसन,वेस्ट इन्डिजका अलराउण्डर सुनिल नारायन, आक्रमक ब्याट्सम्यान आन्द्रे रसेल, रोवमन पावेल, काइरान पोलार्ड,अफगानिस्तानका आक्रमक ओपनर हजरतुल्लाह जजाई जस्ता ठूला नाम गरेका खेलाडी ढाकामा छन् । खेल नेपाली समयअनुसार बेलुका ६स्१५ देखी ढाकामा सुरु हुने छ ।


Related posts

Leave a Comment