बुर्टोनको पोष्टमा म्यान्चेस्टर सिटीको गोलको वर्षा


म्यान्चेस्टर सिटीले काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा बुर्टोन अल्बियोनलाई भारी गोलअन्तरले पराजित गरेको छ । आफ्नै घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले बुर्टोनको पोष्टमा गोलको वर्षा गर्दै ९-० गोलअन्तरले जित हात पारेको हो ।

घरेलु मैदानमा लिगवानको क्लब बुर्टोनबिरूद्ध सिटीलाई फराकिलो जित दिलाउन गाब्रियल जिससले ४ गोल गर्दा केभिन डी ब्रुयना, ओलेजान्द्रा जिनचेन्को, फिल फाडेन, केली वाल्कर र रियाद महरेजले १–१ गोल गरे । पाँचौ मिनेटमा ब्रुयनाको गोलमा सिटीले अग्रता लियो । जिससले ३० र ३४ औं मिनेटमा अर्को दुई गोल थपे । ३७ औं मिनेटमा जिनचेन्कोले गोल गरेपछि सिटीले पहिलो हाफमै ४–० को अग्रता लियो । खेलको ५७औं मिनेटमा जेसुसले अर्को गोल गर्दै हृयाट्रिक पूरा गरेका थिए । उनको हृयाट्रिकसँगै सिटीले भने ५-० गोलको अग्रता बनाएको थियो ।

६२औं मिनेटमा फोडेनले गोल गर्दा ६५औं मिनेटमा जेसुसले व्यक्तिगत चौथो गोल गर्दै सिटीलाई ७-० गोलको अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने क्रममा सिटीका लागि वाल्करले ७०औं र महरेजले ८३औं मिनेटमा गोल गर्दै बुर्टोनमाथि ९(० गोलको जित दिलाए ।


Related posts

Leave a Comment