बुढानिलकण्ठ नगरपालिकामा सेवाभन्दा सास्ती बढी, मेयर भन्छन कर्मचारीले टेरेनन(भिडियोसहित)


विनोद देवकोटा, टिभी अन्नपूर्ण । 

संघीयतामा जाँदा प्रशासनिक र संरचनात्मक रुपमा देशले नयाँ प्रणाली अवलम्बन गर्यो । २० वर्षदेखी हुन नसकेको स्थानीय निकायको चुनाव भयो । जनप्रतिनिधी चुनिए । सिंहदरवारका अधिकार गाउँगाउँमा पुगे । तर अपेक्षाकृत रुपमा जनताले सहज र सुलभ रुपमा सिंहदरवारको सेवा पाउनुको साटो कर्मचारी र जनप्रतिनिधीको मनोमानिका कारण झन सास्ती भोग्दै छन ।

सुशासन र जवाफदेहिता स्थानीय तहमा पटक्कै छैन । कर्मचारीको पुरानै मानसिकता र कुहिरोका कागजस्तै जनप्रतिनिधीका कारण संघीयता तातो दुध निल्नु न ओकल्नुको त्रासमा छ सरकार । देशको दुरदराजका कुरा छाडौं केन्द्रीय राजधानी काठमाण्डौभित्रै स्थानीय सरकार गुमनाम छ ।

काठमाण्डौ, ललितपुरमात्रै होईन आसपासका अन्य नगरपालिकासमेतको प्रगति शुन्य छ । जसको एउटा उदारहण काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका हो । काठमाडौं जिल्लाको ठुलो र एक महत्वपूर्ण बुढानिलकण्ठ नगरपालिका भित्र एकैदिनमा देखिएका चाङका चाङ समस्याले स्थानीय सरकारको प्रगति उदेक लाग्दो छ ।

यो पनि पढ्नुहोस्: वडा अध्यक्षले म स्थानीय सरकार हुँ भन्दै ट्राफिकलाई हप्काएपछि

टिभी अन्नपूर्णकर्मी मंगलवार नगरपालिका कार्यालयमा पुग्दा विभिन्न समस्या देखिए । कार्यालयमा प्रयाप्त कर्मचारीको उपस्थिति थिएन । प्रमुख प्रशासकिय अधिकृत कार्यालयम थिएनन् । उनी दुई अन्य कर्मचारीसहित बाहिर गएको जानकारी त कार्यालयकी एक नायवसुब्बाले दिइन् । तर कहाँ र कहिलेसम्मका लागी मेयरलाई पत्तो थिएन ।

उनी मात्रै होइन मंगलबार कार्यलयका २५ प्रतिशत कर्मचारी अनुपस्थित थिए । कार्यलय समयमा घुम्न निस्केका मेयर अफिस बन्दै हुन लाग्दा फर्किए तर अनुपस्थित कर्मचारीका विषयमा मेयरको जवाफ थियो मैले भनेकै टेर्दैनन । हिजोमात्रै ५० दिनको बिदा हालेर निस्केका वडासचिव राजेन्द्र अर्यालबारेमा मेयरको गुनासो थियो ७ दिन बिदा दिने सल्लाह थियो प्रशासनले ५० दिन विदा दिएछ मलिन चेहेरामा व्यक्त गरे ।

सचिवको लामो बिदामा सेवाग्राहीको समस्या कसरी सम्बोधन गर्ने मेयर चिन्तामा थिए्यो । तर कर्मचारी भने यस्तो भवनमा काम गर्न नसकिने भन्दै थिए । बरु छेऊका एक सेवाग्राहीको आरोप थियो कर्मचारीले कार्यलय समयमा धुम्रपान गरेर बस्ने कर्मचारीका कारण सेवा लिनलाई थप सास्ती छ ।

यो पनि पढ्नुहोस्: अफिस खुलै राख्नु भन्दै कहाँ बेपत्ता भए नागार्जुन नगरपालिकाका मेयर ? 

देखावटी विद्युतिय हाजिरी

कार्यालयमा कर्मचारी उपस्थिति देखाउने विद्युतय मेशिन राखिएको भएपनि त्यो बेकामजस्तै थियो । बिद्युतिय हाजिरी मेशिनको अभिलेख नै नरहने भएकाले कर्मचारीलाई यस्तो वास्ता थिएन ।

कामै नगर्ने हाजिरी मेशिनका बिषयमा नायब सुब्बा तिला भट्टराईले भन्दै थिइन हामी रजिष्टारमा पनि गर्छौ । तर हामीले रजिष्टार देखाउन भन्दा उनले देखाउन सकिनन । यसले कर्मचारी महिनौदेखी हाजिरै नगरि तलब थापेको स्पष्ट हुन्छ । हाजिरिका बिषयमा नगरप्रमुख भन्दैथिए ३ ४ दिनको एकैदिन गरेको त थाहा थियो तर गर्दै नगरी तलब थापेको थाहा छैन ।

पदाधिकारी बिहिन न्यायिक समिति
प्रत्येक नगर तथा गाउँपालिकामा उपप्रमुखको नेतृत्वमा न्यायिक समिति बनेको हुन्छ । समाजमा हुने साना तिना केही तोकिएका घटना त्यो न्यायिक समितिले समाधान गर्छ । तर बुढानिलकण्ठ नगरपालिकाको न्यायिक समितिका पदाधिकारी कोही पनि कार्यालयमा थिएनन् । उपप्रमुख रमा देवि राई पनि कार्यालयमा थिइनन् ।

उनीसँगै न्यायिक समितिका अन्य दुई जना पदाधिकारी पनि कार्यालयमा थिएनन् । उनीहरु कहा गएका हुन यकिन जानकारी कसैसँग थिएन । तर कुनै कार्यक्रममा गएकोसम्म एक जना कर्मचारीले सुनाए ।

यो पनि पढ्नुहोस्ः टोखा नगरपालिका कार्यलय सहयोगीको भरमा, कहाँ जान्छन कर्मचारी ?

एक जना स्थानीय सहकारी सम्बन्धि मुद्दा लिएर नगरपालिकामा धाइरहेका थिए । तर त्यहा नत सहकारी शाखाका कर्मचारी थिए । न त न्यायिक समितिमा पदाधिकारी नै । महिनौं दिन देखि आफुले त्यो समस्या समाधानका लागि हिँडिरहेको भएपनि कर्मचारीको रवैयाका कारण न्याय पाउने नसकेको गुनासो गरे ।

मेयर भन्छन कर्मचारीले काम गर्न दिएनन

नगरको विकास निमार्ण र नगरवासीका समस्यामा जवाफदेही हुनुपर्ने नगरपालिको नेतृत्व गरेको नगर प्रमुख हो । तर अस्तव्यस्त बुढानिलकण्ठ नगरपालिकाका बिषयमा नगरप्रमुख उद्धवप्रसाद खरेलले आफ्नो निरिहता यसरी सुनाए कर्मचारीले कामै गर्न मानेनन ।

कर्मचारीको पुरानै मानसिकता सरकारी काम कहिले जाला घाम भन्ने प्रवृतिले आफुले काम गर्न नसकेको खरेलले सुनाए । उनले भने म मेयर भएर आएपछि सानातिना काम त धेरै भए तर कर्मचारी जिम्मेवार नबन्दा अपेक्षित काम हुन सकेन ।

ठुला काम देखिन समय लाग्छ थाहा छ । तर नगरवासीले अनुभुति गर्ने ससाना समस्या सुल्झाउन कठिन छैन तैपनि कर्मचारीका कारण हामी निरिह बन्न बाध्य छौ नगरप्रमुख खरेलको गुनासो थियो । सेवा प्रवाह र शुसासनको पाटोमा पनि कर्मचारीतन्त्रका कारण आफुहरु बारम्बार चुक्नुपरेको भन्दै नगरप्रमुख खरेलले निराशा व्यक्त गरे ।


Related posts

Leave a Comment