ब्याजदरको सीमा हटाउने निर्णय संगै निक्षेपको ब्याज बढ्ने


व्यक्तिगत निक्षेपमा लगाइँदै आएको ब्याजदरको सीमा हटाउने नेपाल बैंकर्स संघको निर्णयसँगै त्यस्तो निक्षेपको ब्याजदर बढ्ने भएको छ । मंगलबार बसेको संघको बैठकले व्यक्तिगत निक्षेपको ब्याजदर स्वतन्त्र रुपले बैंक आफैंले तोक्न सक्ने निर्णय गरेसँगै व्यक्तिगत निक्षेपको ब्याजदर बढ्ने वातावरण बनेको हो । संघले व्यक्तिगत निक्षेपमा बैंकहरुलाई ब्याज आफैं निर्धारण गर्न छाडिएकै दिन जनता बैंकले ब्याज बढाएको हो । लगानीयोग्य रकमको अभाव खेपिरहेका बैंकहरु निक्षेप बढाउने अभियानमा लागेका छन् ।


Related posts

Leave a Comment