क्यान्सरसँग लडिरहेका इरफान आफ्नै मृत्युबारे यसरी बहकिए


बलिउड अभिनेता इरफान खान यतिबेला जटिल रोगसँग जुधिरहेका छन् । उनी लण्डनमा न्युडोएन्डोक्राइन क्यान्सरको उपचार गराइरहेका छन् । उनको पछिल्लो अन्तवार्तामार्फत् आफ्नो अवस्था जानकारी गराएका छन् ।  उनले भने‘किमोको ६ वटा सेसन मध्ये अहिलेसम्म ४ राउन्ड किमो लिएँ । अझै दुई राउन्ड लिन बाँकी छ । डाक्टरहरुले खतरामुक्त रहेको बताएका छन् । छैठौं सेसनको किमो लगाइसकेपछि अनि थाहा हुन्छ, रिजल्टले मलार्इ कहाँ पुर्याउँछ ।’

सुरूमाआफूलार्इ यो रोगबारे थाहा हुँदा बाँच्ने आशा नै नरहेको पनि उनले सुनाए । इरफानले भने ‘उपचार सुरू भएपछि डाक्टरहरूले मेरो उपचारमा कुनै कसर बाँकि राखेनन्, उनीहरू भन्छन् मरो स्वास्थ्यमा सुधार आइरहेको छ र त्यो म आफैले पनि फिल गरेको छु । तर, मलार्इ अझै पनि लाग्छ कि मेरो आयु लामो छैन् ।’ उनले अगाडि थपे( ‘जीवन निकै रहस्यमयी छ, यसले धेरै कुरा प्रदान गर्छ । हामी वास्तवमा नै केही कुराको प्रयास नै गर्दैनौं । म प्रयास गरिरहेको छु जुन मलाई प्रिय लागेको छ । म साँच्चै नै निकै भाग्यशाली अवस्थामा छु र कृतज्ञ छु ।’


Related posts

Leave a Comment