क्यारेबियन लिगमा सन्दीपको पहिलो बलमै विकेट


नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सन्दीपको टीम एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्सका लागि सन्दीपले आफ्नो पहिलो बलमै विकेट लिएका हुन् । उनले खेलको दोस्रो ओभरको पहिलो बलमै गुयना अमेजन वारिर्यसका चाडविक वाल्टनलाई पेभेलियनको बाटो देखाएका हुन् ।वाल्टन ५ बलमा केबल ९ रन बनाएको अवस्थामा सन्दीपको बलमा शिकार भएका हुन् । आफ्नो टिमका लागि कसिलो बलिङ गरिरहेका सन्दीपले त्यसपछि दशौँ ओभरको दोस्रो बलमा अर्को विकेट लिए।यो पटक उनले गुयना वारिर्यसका जोसन मोहम्मेदलाई पेभेलियन पठाए । मोहम्मेदले १६ बलमा १८ रन बनाएको अवस्थामा सन्दीपले कुपरमार्फत् क्याच आउट गराइदिए ।

१४ औँ ओभरको खेल चलिरहँदा सन्दीपले सबैभन्दा किफायती बलिङ गरेका छन् । अहिलेसम्म चार ओभर बलिङ गरेका उनले केबल १२ रन मात्रै खर्चेर गुएना वारियर्सका २ विकेट लिन सफल भएका छन् ।यसअघि सन्दीपको टीम सटी किट्स एन्ड नेभिस प्याट्रियोट्सले ब्याटिङतर्फ तुलनात्मकरुपमा कम्जोर प्रदर्शन गर्दै ५ विकेटको क्षतिमा केबल १४५ रन मात्रै बनाएको थियो । १४६ रनको चुनौती पाएको गुएना वारियर्सले १५ ओभरमा ४ विकेट गुमाउँदै १४० रन जोडेको छ ।


Related posts

Leave a Comment