त्रिवेणी मेलाः मुख्य आकर्षणमा बोटिङ (फोटो फिचरसहित)

त्रिवेणी मेलाः मुख्य आकर्षणमा बोटिङ (फोटो फिचरसहित)

अभिमन्यु लामिछाने, उदयपुर । त्रिवेणी मेलाको यो वर्षको प्रमुख आकर्षण बोटिङ्ग भएको छ । उदयपुरको कटारी नगरपालिका २ खोक्सा र सिन्धुलीको दुधौलीमा जारी मेलामा यो वर्ष जल सयरको समेत सुविधा थपिएको हो । शनिवार बोटिङ्गमा सफर गर्दै उदयपुर २ ख का प्रदेश सांसद कला घलेले भनिन्, यो वर्षको मेला अत्यन्तै रमाइलो छ । त्यसमा पनि बोटिंग पनि छ । यो नै मुख्य आकर्षण हो जस्तो लाग्दै छ । तावा खोलाको पानीलाई कृतिम पोखरी बनाएर बोटिङ्ग सुरु गरिएको उदयपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर खड्काले बताए । राफ्टिंग स्टार भोटेकोशी र वाईडर…

Read More

संरक्षणको पर्खाइमा सुदूरका तालहरू

संरक्षणको पर्खाइमा सुदूरका तालहरू

संरक्षण नहुँदा डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् । स्थानीयस्तरबाट ताल संरक्षणका लागि समिति गठन गरी पहल गरेको भए पनि सरकारी उदासिनताका कारण संरक्षण गर्न नसकिएको आलिताल गाउँपालिका अगुवा अमर बुढामगरले जानकारी दिए । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा रहेको आलिताल गाउँपालिकाले रणनीतिक योजना बनाए पनि स्थानीयवासीको पहलमा श्रमदानबाट तीन किलोमिटर तालसम्म पुग्ने बाटोबाहेक कुनै काम हुन सकेनन्, अलितालका स्थानीयवासी भरत खड्काले भने। ताल…

Read More

धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए। मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ । घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटैमा मृत्यु भएको हो । घटनामा सोही ठाउँका सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएका…

Read More

आजदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति

आजदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी…

Read More

प्रधानमन्त्री ओली आज स्विट्जरल्यान्ड जाँदै

प्रधानमन्त्री ओली आज स्विट्जरल्यान्ड जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन आइतबार स्विट्जरल्यान्डको डावोस जाँदै छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आइतबार साँझ ८ बजे कतार एयरवेजमार्फत त्यसतर्फ जान लागेका हुन्। विश्वव्यापीकरण र उदार अर्थव्यवस्थाको पक्षमा वकालत गर्ने विश्व आर्थिक मञ्चले करिब पाँच दशकदेखि निरन्तर आयोजना गरिरहेका डावोस बैठकमा प्रधानमन्त्रीस्तरमा नेपालको सहभागिता हुन लागेको यो पहिलो पटक हो। प्रधानमन्त्री ओली डावोस बैठकमा दुई सत्रहरुमा प्लानलिष्टका रुपमा सहभागी हुनुका साथै उनले त्यहा विभिन्न नेता र बहुराष्ट्रिय कम्पनीका कार्यकारीसँग साइटलाइन मिटिङ र अनौपचारिक छलफल गर्ने कार्यक्रमपनि…

Read More

आजको दिनः राशि अनुसार कस्तो रहनेछ ?

आजको दिनः राशि अनुसार कस्तो रहनेछ ?

वि.सं. २०७५ साल माघ ६ गते। आइतबार। इश्वी सन् २०१९ जनवरी २० तारिख। नेपाल संवत् ११३९ पोहेलाथ्व। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) अध्ययनमा प्रगति हुनेछ भने…

Read More

डा.केसी स्वस्थ्य संक्रमणको उच्च जोखिममा

डा.केसी स्वस्थ्य संक्रमणको उच्च जोखिममा

चिकित्सा शिक्षा सुधारको माग राखी ११ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी स्वस्थ्य संक्रमणको उच्च जोखिममा रहेको चिकित्सकले बताएका छन् । केसी त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भर्ना गरिएका छन् ।उनको शरीरमा सेतो रक्तकणिकाको संख्या ३ हजारमा झरेको चिकित्सकको भनाइ छ। संक्रमणको जोखिम ध्यानमा राखी केसीलाई स्वास्थ्य टोलीबाहेक कसैसँग भेट्न दिइएको छैन। ‘अहिले उहाँलाई आईसीयूमा आइसोलेसनजस्तै राखेका छौं,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँको अवस्था स्थिर छ।’ अस्पतालका अनुसार केसीलाई एन्टिबायोटिक दिई निमोनियाको उपचार गरिँदै छ। शनिबार पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षण अस्पताल गएर केसीको स्वास्थ्यबारे जानकारी लिएका छन्।

Read More

‘प्रदेश २ को नाम मधेस प्रदेश’

‘प्रदेश २ को नाम मधेस प्रदेश’

प्रदेश २ मा प्रदेश सरकारले नामांकन लागि सुझाव संकलन गरिरहेको बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ को नाम चाडै नै ‘मधेस प्रदेश’ हुने बताएका छन्। उनले प्रदेश २ का सरकारले सिरहाको लहानमा आयोजना गरेको १२ औँ बलिदानी दिवसको कार्यक्रममा यस्तो बताएका हुन्। स्वास्थ्य मन्त्री यादवले संघीयता, गणतन्त्र र समावेशिता कांग्रेस-कम्युनिस्टले नपचाइरहेको आरोप पनि लगाए। ‘उनीहरुलाई संघीय प्रणाली टाउँकोमा लादेको महसुस भइरहेको छ,’ उनले भने, ‘आफैंले बनाएको संविधानमा इमानदारिता देखाउँदैन।’ संविधानमा सबै वर्ग समुदायको चेहरा देख्ने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ। संविधान संसोधन…

Read More

नेपाली जनताको प्रतिव्यक्ति आयमा बढोत्तरी आएको छ: प्रधानमन्त्री ओली

नेपाली जनताको प्रतिव्यक्ति आयमा बढोत्तरी आएको छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताउनुभएको छ । नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएका काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाललाई आज पार्टीमा स्वागत गर्दै उहाँले सरकार हरेक दिन नयाँनयाँ काम गर्दै अघि बढेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकले नयाँनयाँ उपलब्धि हासिल गरेको छ । विकास निर्माणका कामले तीव्रता पाएको छ, भौतिक संरचना धमाधम बन्न थालेका छन् ।” देश र जनताको पक्षमा निष्ठापूर्वक अघि बढ्न आग्रह गर्दै उहाँले मुलुकलाई छिट्टै समृद्ध बनाउनु…

Read More

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता

भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् । नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय चक्रबहादुर सुनार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने हरिद्वारमा लुटिएसँगै बेपत्ता भएका हुन् । सो प्रदेशको रुद्रप्रयागबाट घर फर्किने क्रममा गत पुस २८ गते दिउँसो अपरिचित व्यक्तिको समूहले नशालु वस्तु खुवाएर बेहोस पारी ८७ हजार भारतीय रुपैयाँ लुटेको जानकारी प्राप्त भएको नारायण–४ का वडा सदस्य खगिसरा सुनारले बताउनुभयो । रुद्रप्रयागमा अढाइ महीना मजदूरी गरी घर आउँदै गर्दा उहाँहरुलाई दिउँसोको समयमा हरिद्धारको बसपार्क नजिक अपरिचित व्यक्तिले जबर्जस्ती…

Read More