पुल निर्माणमा अनियमितताः गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्दै स्थानीयले गरे काम अवरुद्ध

पुल निर्माणमा अनियमितताः गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्दै स्थानीयले गरे काम अवरुद्ध

अखिलेश कुमार यादव, टिभी अन्नपूर्ण, रौतहट । सडक निर्माणमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले काम अवरुद्ध गरेका छन् ।  करिब ५२ किलोमिटर सडकको निर्माणमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले अवरोध गरेका हुन् । सहरी विकास तथा भवन निर्माण विभागका कर्मचारीकाकै मिलेमतोमा अनियमितता भएको स्थानीयको आरोप छ । विभागकै कर्मचारीको मिलेमतोमा ठेकेदारले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेर सडक निर्माण गरिरहेको स्थानीयले बताएका छन् । गौर, राजदेवी नगरपालिका तथा यमुना माई गाउँपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत करिब दुई अर्ब भन्दाबढीको बजेटमा आयोजना सञ्चालनमा छन् । ती आयोजना अन्र्तगतको काम गुणस्तरहित भएको गुनासो छ ।…

Read More

जनता आवास कार्यक्रमले दलित परिवार घरबार विहीन

जनता आवास कार्यक्रमले दलित परिवार घरबार विहीन

आलोक यादव, टिभी अन्नपूर्ण सिरहा। जनता आवास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका २२ घर परिवार दलित समुदाय घरबार विहीन बनेका छन् ।  विगत दुई वर्ष देखि जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि भत्काइएका घर हाल सम्म पनि बनाउन नसकेपछि उनीहरू घरबार विहीन बनेका हुन् । दलित समुदायमा एउटा घर मात्र रहेको परिवारले नयाँ घरको आसामा बर्सातमा त्रिपाल मुनि भिज्दै दिन रात काटे र जाडोमा कष्टकर जिन्दगी बिताई रहेका छन् । कमसल दुई नम्बर ईटा र पिलरमा एउटा मात्र रड राखी बाईएको राम रति देवी सदाय्को घर भूकम्प र हुरीमा पनि…

Read More

प्रहरीले राजश्वमा बुझाएको ४ किलो सुन नक्कली

प्रहरीले राजश्वमा बुझाएको ४ किलो सुन नक्कली

१९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलोसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश तीन कार्यलय हेटौँडाले र इलाका प्रहरी कार्याालय गजुरीबाट खटिएकाृ टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो । प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तत्कालै दाखिला गर्नुपर्छ तर राजस्व अनुसन्धान विभाग भन्दै छ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बरामद गरेको सुन होइन, तामा र ढलौट मिसिएको धातु हो ।’

Read More

पीयूका सभापति र सचिवले थाले आमरण अनशन

पीयूका सभापति र सचिवले थाले आमरण अनशन

पोखरा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी सम्बन्धी विवाद अदालत हुँदै आमरण अनशनसम्म पुगेको छ । स्ववियु विवाद समाधानमा विश्वविद्यालयले ध्यान नदिएको र क्याम्पसमा लगाइएको ताला तत्काल नखोलिएको भन्दै स्ववियुका सभापति सुनील तिमिल्सिना र सचिव सुरज परियारले सोमबार साँझदेखि केन्द्रीय कार्यालयमा आमरण अनशन थालेका हुन् । स्ववियु पदाधिकारी पदावधि सम्बन्धी विवादमा पुस २३ गतेदेखि पोखरा विश्वविद्यालयका केन्द्रीय कार्यालयमा ताला लागेको छ । नेपाल विद्यार्थी संघले आफैंले हस्ताक्षर गरेको नियम बिपरीत स्ववियु पदाधिकारीको पदावधि थप्न लागिएको भन्दै विश्वविद्यालयका भिसी, रजिस्टार, ४ वटै डिनका कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ ।

Read More

सुन तस्करी प्रकरणः उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए

सुन तस्करी प्रकरणः उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए

सुन तस्करीसम्बन्धी मुद्दा पेशी व्यवस्थापनमा ‘कैफियत’ भेटेपछि न्यायपरिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई समेत कारबाही स्वरूप काठमाडौँ तानेको छ । परिषद् बैठकले सोमवार भुर्तेललाई न्यायपरिषद सचिवालयमा ‘काज’ सरुवा गरेको हो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपीवारे जिल्ला अदालतले गरेको ‘थुनछेक आदेश’ विरुद्धको निवेदन व्यवस्थापन क्रममा भुर्तेलको भूमिका शंकास्पद देखिएको स्रोतको भनाइ छ । ‘यस्ता निवेदनहरू उहाँले सुरुमा एकसाथ राख्नुभयो, पछि अलग अलग गरेर इजलास बाँडेको भेटियो’ परिषद् स्रोतले भन्यो, ‘पेशी व्यवस्थापन लगायत कतिपय कार्यविधिका विषयवस्तुमा गम्भीर प्रश्न उठेपछि झिकाइएको हो ।’ न्यायपरिषदले उच्च…

Read More

तपाइको आजको दिनः राशि अनुसार कस्तो रहनेछ ?

तपाइको आजको दिनः राशि अनुसार कस्तो रहनेछ ?

राशिफल वि.सं. २०७५ साल माघ ८ गते। मंगलबार। इश्वी सन् २०१९ जनवरी २२ तारिख। नेपाल संवत् ११३९ पोहेलागा। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसर प्राप्त भए पनि हडबड गर्ने बानीले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, काममा तत्काल धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। तत्कालको लाभ भन्दा पनि भविष्यको जग बलियो बनाउने समय छ। दिगो योजना र मिहिनेतले फाइदा दिलाउनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) जिम्मेवारी प्राप्त…

Read More

नेविसंघ अधिवेशनको विषयलाई लिएर काङ्ग्रेस नेताबीच कुटाकुट

नेविसंघ अधिवेशनको विषयलाई लिएर काङ्ग्रेस नेताबीच कुटाकुट

नेविसङ्घको जिल्ला अधिवेशनको विषयलाई लिएर काङ्ग्रेसका नेताबीच कुटाकुट भएको हो । आज बिहान ११ बजे नेविसङ्घको १२औँ जिल्ला अधिवेशन उद्घाटनको कार्यक्रम थियो । अधिवेशनमा सहभागी हुन पार्टीका जिल्लास्थित अधिकांश नेता, कार्यकर्ता र नेविसङ्घका विद्यार्थी नेता कार्यक्रम स्थलमा पुगेका थिए । तर अधिवेशन शुरु हुनुअघि कार्यक्रममा आशन र भाषण गर्न कसलाई दिने वा नदिने भन्ने विषयमा विवाद भएको थियो । पार्टी सभापति शेरबहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्तरघात गरेको आरोप लागेका नेतालाई आशनग्रहण नगराउने बताएको थियो भने रामचन्द्र पौडेल पक्षधरले सबैलाई समेटेर जान भनिरहेको थियो । विवादकैबीच नेविसङ्घका जिल्ला अध्यक्ष…

Read More

बलात्कार गरेको अभियोगमा फरार वडाध्यक्षले गरे आत्मसमर्पण

बलात्कार गरेको अभियोगमा फरार वडाध्यक्षले गरे आत्मसमर्पण

जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार रहेका थिए । रेग्मीले गत कात्तिक १६ गते, त्यसअघि र पछि पनि आफूलाई पटक–पटक जबर्जस्ती बलात्कार गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् । रेग्मीलाई पक्राउ पुर्जी दिई आजै जिल्ला अदालतबाट म्याद थप गरी…

Read More

मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु

अभिमन्यु लामिछाने, टिभी अन्नपूर्ण, उदयपुर उदयपुरको त्रियुगा नगरपालिका— १० साउनेमा सवारी दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । सदरमुकाम गाईघाटबाट धाप्लाङतर्फ गइरहेको स१त ६१५२ नम्बरको ट्रयाक्टरलाई सोही दिशातर्फ गइरहेको स७प ५१९३ नम्बरको मोटरसाइकलले ओभर टेक गर्ने क्रममा मोटरसाइकल अचानक सडकमा पल्टिँदा पछाडिबाट आएको ट्रयाक्टरको टायरले किचेर उनको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सप्तरीको सप्तकोशी नगरपालिका —१ फत्तेपुरका ६० वर्षीय प्रेम कुमार तामाङ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाइकल चालक मृतकका छोरा ४० वर्षीय एजेट नासुर तामाङ…

Read More

नेताका स्मृतिमा स्थापित अस्पताल बन्द गर्ने नीति सरकारको छैन : मन्त्री पुन

नेताका स्मृतिमा स्थापित अस्पताल बन्द गर्ने नीति सरकारको छैन : मन्त्री पुन

लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनका अग्रणी नेताका नाममा स्थापित अस्पताल बन्द गर्ने सरकारको नीति नरहेको ऊर्जामन्त्री वर्षमान पुनले बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज सञ्चारकर्मीसित सङ्क्षिप्त कुराकानी गर्दै उहाँले विधि र प्रक्रिया पूरा गरेपछि कुन निकायले अस्पताल सञ्चालन गर्ने हो यसका बारेमा सरकारले निर्णय लिन्छ भन्नुभयो । मन्त्री पुनले प्रमुख प्रतिपक्षी दललाई सदनमा पेलेर जाने नीति सरकारले नलिएको स्पष्ट पार्दै संविधान कार्यान्वयनमा सत्ता र प्रतिपक्षी मिलेर जानुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभा तथा प्रतिनिधि सभाको पहिलो बैठक आज प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले…

Read More